‘मैथली भाषालाई सरलीकरण गर्न बाहुनपन त्याग्नुपर्ने’
Advertise Here Book Now
दिनेश्वर गुप्ता लहान, २६ भाद्र । मिथिला स्टूडेन्ट युनियन नेपालले आज प्रथम बार्षिकोत्सव मनाइएको छ । बार्षिकोत्सवका प्रमुख आतिथ्य देवेन्द्र मिश्रले गर्दै मिथिला क्षेत्रको आफनो सम्पूर्ण जिम्मेवारी मिथिलाको युवाले लिएको र अव अग्रजहरु ढुक्क भएर जाने समय आएको बताउंनुभयो ।
विशेष अतिथिको रुपमा रहेका श्यामसुन्दर यादबले प्राथमिक तहमा आफनो भाषा लागु नभएसम्म मैथिलीको कुनै औचित्य नहुने कुरा प्रस्ट पार्दै मैथिली कुनै जातिको न भएर सम्पूर्ण मैथिलीको भएको बताउंनुभयो ।मैथिली दुतका रुपमा ख्याती प्राप्त प्रवीणनारायण चौधरीले आप्mनो मन्तव्य राख्दै मथिला र मैथिली नेपालको राष्ट्र भाषा हुनु पर्ने बताउंनुभयो । पत्रकार दिनेश्वर गुप्ताले मैथली भाषालाई सरलीकरण गर्न बाहुनपन त्याग्नुपर्ने बताउंनुभएका थिए । दिनेश रसियाका सभाध्यतामा सम्पन्न उक्त कार्यक्रममा १४ जना मैथिली अगुवाहरुलाई सम्मान गरेका थिए । सम्मानित हुनेमा गायक सावन कुमार, फिरोज शेख, राकेश झा, अर्जुनप्रसाद गुप्ता दर्दिला, हिरालाल कर्ण, प्रवीणनारायण चौधरी, भरत साह, शम्भु श्री, अखिलेश मिश्र, देवेन्द्र मिश्र, श्यामसुन्दर यादब पथिक लगायतका व्यतिmत्वहरु रहेका छन् । त्यस्तै नयाँ कार्य समितिमा अध्यक्ष हृदयनारायण यादब, उपाध्यक्ष तेजुमैथिल, सचिव गजेन्द्र गजुर, कोषाअध्यक्ष गायत्री सिंह, सह–सचिव संगीता साह, सदस्यहरुमा जावेद अली, शिवशंकर गुप्ता, ज्योती बि.क.,सरोज चौधरी, शुखसागर साह,अमरेश महतो रहेका छन् । साहित्यिक कार्यक्रम तथा साँस्कृतिक कार्यक्रम पनि सहभागी हरुले आ–आफनो प्रस्तुती सहित सफल बनाएका थिए ।


