सिरहाको दक्षिणी ग्रामिणभेगमा एम्बुलेन्स जान छोडियो
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान १२ असोज । ‘गुहार गुहार हौं’ हमर पुतौहके बच्चा होअवाला छैय, कनि एम्बुलेन्सवालाके बोलाअ द ’ यो सम्वाद एउटा सडक नाटकका पात्रको हो जसको नाम मानविर रहन्छन् । त्यतिकैमा एक जना शिक्षकले एम्बुलेन्सको फोन गर्छन् । एम्बुलेन्स आउंने क्रममा ग्रामिण सडकको हिलोमा फस्छ । राजमार्गदेखि दक्षिण ग्रामिण भेगको अवस्थालाई सडक नाटकमा दर्शाउंने गरेको हुन्छ । तर, यो सम्वाद सत्य घटनामा परिनत भएपछि नाटकका कलाकारहरु नै पीडा खेप्नुपर्ने अवस्था आउंछ । सिरहाको ग्रामिण भेगमा बर्षाको कारण पूर्णरुपमा सडकहरु बिग्रिएको छ ।
 
‘गुहार गुहार हौं’ हमर पुतौहके बच्चा होअवाला छैय,
नेपाल मधेश फान्डेशनको सहयोगमा मधेश मिडिया मिशन नेपालद्धारा संचालित रेडियो सौगातका कलाकारहरु सडक नाटकको लागि आज पर्सा पोखरभिन्डा र रामपुर पिप्राबाट फर्किने बेला भवानीपुर कुर्वामा पिकप जिप फसेर कलाकारहरु सास्ती खेपे । लहानको फुलवारी मेला हुंदै पोखरभिन्डा पुग्दा बाटो विग्रिएकोले जिप पल्टिने त्रासमय पुगियो । त्यहांबाट पिप्रा पुग्न घण्टौं लागियो । फर्किदा त बाटोमै जिप फसिहालियो । जेनतैन त्यहांबाट धनगढी पुग्न खोज्दा सम्भव भएन् । ग्रामिण सडक बिग्रिने मुख्य कारण ट्रायक्टरको गतिलो ओहोरदोहोर रहेको स्थानीयले बताए । स्थानीय एक युवा भने ‘धनगढी जाने सजिलो बाटो छ, तर थारुहरुले आफ्ै बनाएको बाटो हुंदै जानुपर्छ । उने भने थारुहरुले त्यो बाटो जान दिन्छ की दिदैन् ? त्यो तपाईंहरु जानुस् । जीपका ड्राइभर र नेपाल मधेश फान्डेशनका सिरहा संयोजक रामजीवन यादवले कलाकारहरुलाई लिएर थारुले बनाएको बाटोमा लगियो । त्यो बाटोको प्रवेशमै डांट लगाएर गाउंले थारुहरु बसेका थिए । कलाकारहरुले आफ्नो परिचय दिने वितिकै डाट खोलियो र स्वागत गर्दै राजमार्गतर्फको बाटो देखायो । 
थारुहरु सजग भएको कारण आफ्नो गाउंको बाटो व्यवस्थित गरेर राखेको छ । उक्त बाटो राजमार्गदेखि तीन किलो मिटरसम्म रहेको छ । सिरहाको दक्षिणभेगमा यतिबेला बाटो विग्रिएको कारण हजारौं रोगी विरामी एम्बुलेन्सको सुविधाबाट बंचित छन् । आजको सडक नाटकले यस्तै घटनाको उजागर गर्दै प्रदर्शन गरियो । नाटकको पात्र मानविरका बुहारी बाटो विग्रिएको कारण एम्बुलेन्स आउंन नसकेर मृत्यूको मुखमा परेको दर्शाएको थियो । जो मानविर सडक निर्माणको उपभोक्ता समितिका अध्यक्ष रहन्छ । जतिबेला उनका बुहारीको एम्बुलेन्स नआएको कारण मृत्यु हुन्छ । त्यतिबेला मानविरलाई होस आउंछ । आज आफ्नो गाउंको बाटो राम्रो बनाएको भए न एम्बुलेन्स फस्थियो न मेरी गर्भवती बुहारीको मृत्यू नै हुन्थियो । अन्तमा जसले खाल्डो खन्छ, उही खाल्डोमा लडछन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्