कर्तब्य ज्यान मुद्दाका २० बर्ष सजाय ठहरी फरार रहेका प्रतिवादी पक्राउ
Advertise Here Book Now
राजेन्द्र कुमार शर्मा भदौ १७ । सिरहा जिल्ला अदालत वाट कैद तथा जरिवाना सजाय पाई फरार रहेका अभियूक्तहरुलाई खोजतलास गर्ने अभियान अन्र्तगत वादी नेपाल सरकार प्रतिवादी बिनोद कुमार यादब भएको कर्तब्य ज्यान मुद्दामा सम्मानित सिरहा जिल्ला अदालत सिरहाको मिति २०७१÷११÷१८गतेको फैसला आदेशले कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद सजाय हुने ठहरी हालसम्म फरार रहेका जिल्ला सिरहा साबिक असनपुर गा.बि.स.वार्ड नं.८ घर भई हाल जिल्ला सिरहा गोलबजार नगरपालिका वार्ड नं.६ वस्ने फौदा यादवको नाती राम बहादुर यादवको छोरा वर्ष ३२ को बिनोद कुमार यादवलाई यस ईलाका प्रहरी कार्यालय गोलबजार सिरहा वाट प्रहरी निरीक्षण राजेन्द्र कुमार उपाध्यायको कमान्डमा खटीएको प्रहरीको बिशेष टोलीले खोजतलास गर्दै जाने क्रममा जिल्ला सिरहा गोलबजार नगरपालिका वार्ड नं.६ स्थित लुकीछिपी बसी रहेको अबस्थामा फेला पारी पक्राउ गरी आबस्यक कारवाहीको लागी आजकै मितिमा सम्मानित सिरहा जिल्ला अदालत सिरहामा पठाइएको व्यहोरा जानकारीको लागि अनुरोध गरिइएको छ ।


