शिक्षक आयोगद्धारा माविको नतिजा सार्वजनिक, अन्तर्वार्ता केन्द्रमै
Advertise Here Book Now

भक्तपुर - शिक्षक सेवा आयोगले लिएको माध्यमिक तह स्थायी शिक्षकको नतिजा सार्वजनिक भएको छ । गत असारमा भएको परीक्षाको पहिलो चरणमा मंगलबार ५ विषयको नतिजा सार्वजनिक गरेर आयोगले माविको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको हो । स्वास्थ्य जनसंख्या तथा वातावरण, संस्कृत भाषा, संस्कृत साहित्य, कृषि र कम्प्युटर विज्ञानको नतिजा सार्वजनिक भएको आयोगले जनाएको छ । नतिजाको लागि : http://www.tsc.gov.np नतिजा अनुसार स्वास्थ्य, जनसंख्या तथा वातावरणमा मध्यपश्चिमाञ्चलबाट परीक्षामा सहभागि ६ सय मध्ये ११ जना, पश्चिमाञ्चलबाट परीक्षामा सहभागि ११ मध्ये ३ जना, मध्यमाञ्चलबाट १ सय १६ मध्ये ३ जना उत्तिर्ण भएका आयोगले जनाएको छ ।
 'अधिकृत स्तरको अन्र्तवार्ता भएकोले पनि केन्द्रमा गर्दा प्रभावकारी हुने हामीले ठानेका हौं' उनले भने 'विशेषज्ञ पनि केन्द्रमै पाहिने भएकोले पनि यो निर्णय गरेका हौं ।'
मध्यपश्चिमाञ्चलबाट संस्कृत भाषाको परीक्षामा सहभागि ११ मध्ये ४ जना, पश्चिमाञ्चलबाट कम्प्युटर विज्ञानमा २८ जना सहभागि भएकोमा ७ जना उत्तीर्ण भएका छन् । पश्चिमाञ्चलबाट कृषिमा ४ मध्ये २, संस्कृत साहित्यमा ४ मध्ये ३, र सुदुर पश्चिममा संस्कृत साहित्यमा १० जना परीक्षार्थी सहभागि भएकोमा ३ जना उत्तीर्ण भएका छन् । पश्चिमाञ्चलमा संस्कृत भाषा विषयको परीक्षामा सहभागि मध्ये महिला उत्तीर्ण नभएको आयोगले जनाएको छ । मध्यमाञ्चलबाटै संस्कृत साहित्यमा पनि कुनै पनि महिला सहभागि नभएको आयोगले जनाएको छ । महिला उत्तीर्ण नभएपछि उक्त द खुल्लामै समाबेश गरिएको छ । विभिन्न वियषयका ६ सय १२ पदका लागि लिईएको परीक्षामा ३१ हजार धेरैले आवेदन दिएका थिए । यसैविच लिखित परीक्षामा उत्तीर्ण परीक्षार्थीको अन्र्तवार्ता कात्तिक १ गते आयोगको केन्द्रीय कार्यालय सानोठिमीमै हुने भएको छ । यस अघि जिल्ला तथा क्षेत्रीय तहमा गर्ने गरिएको अन्र्तवार्ता आयोगले केन्द्रमै गर्न लागेको हो । केन्द्रमै गर्नुको खास कारण नभए पनि लोक सेवा आयोगले समेत केन्द्रमै गर्ने प्रचलन भएको हुँदा आयोगले पनि केन्द्रमै गर्न लागेको अध्यक्ष ताना गौतमले जानकारी दिए । 'अधिकृत स्तरको अन्र्तवार्ता भएकोले पनि केन्द्रमा गर्दा प्रभावकारी हुने हामीले ठानेका हौं' उनले भने 'विशेषज्ञ पनि केन्द्रमै पाहिने भएकोले पनि यो निर्णय गरेका हौं ।' नतिजामा चित्त नबुझेका विद्यार्थीले सात दिन भित्र प्रवेश पत्र सहित ५ सय रुपैंया बुझाएर फारम भर्न सक्ने प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्