सरकारी प्रतिबद्धतापछि जनकपुर–भिठ्ठामोड सडकका लागि संघर्षरतहरुले अनसन तोडे
Advertise Here Book Now
महोतरी, ५ असोज । जनकपुर–भिठ्ठामोड सडक संयुक्त संघर्ष समितिले गत नौ दिनदेखि महोत्तरीको पिपरा बजारमा जारी गरेको आमरण अनसन बुधबारबाट फिर्ता लिएका छन् ।
अनसनकारीहरुका मागप्रति ध्यानकर्षण भएको र त्यसअनुरुप गर्न सरकार तयार रहेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले वाचन गरेपछि पिपरा निवासी ९१ वर्षीय अनुरुद्र मिश्रले जुस खुवाएर अनसन तोडाएका छन् ।
संचारकनेपालमा उल्लेखित समाचार अनुसार वर्षौदेखि जीर्णशीर्ण रहँदैआएको सो सडकको निर्माणका लागि सुन्दर अभियानको नाउँमा पत्रकार मनोज झा मुक्तिलगायतका अभियन्ताहरु सक्रिय रहँदैआएका थिए । पछिल्ला दिनहरुमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष एवं नयाँ शक्तिका नेता रामकुमार शर्माको संयोजकत्वमा जनकपुर–भिठ्ठामोड सडक संयुक्त संघर्ष समितिको नाउँमा आन्दोलन थालिएको थियो ।
आन्दोलनको क्रममा पछिल्लो दिन अनसन बस्नेहरुमा नयाँ शक्तिका रामकुमार शर्मा, नेकपा माओवादी केन्द्रका सत्येन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका रमणकुमार ठाकुर, स्वतन्त्र गठबन्धनका रञ्जितराज मधेशी र मिथिलेश्वर दास रहेका थिए । आन्दोलनकारीहरुले उक्त सडकलाई छ लेन बनाउनुपर्ने र गुणस्तरीय निर्माण हुनुपर्ने लगायतका माग राखेर आमरण अनसन थालेका थिए । अनसकारीहरुको स्वास्थ्यस्थिति बिग्रिदै गएपछि गत असोज ३ गतेबाट सलाइनपानी दिइएको थियो । सीमावर्ती भारतीय बजार सुरसण्ड, मधवापुर आदिसम्म पुगिने यो सडकले जनकपुरबाट महोत्तरीको सदरमुकाम जलेश्वरलाई समेत जोड्ने गरेको छ ।
जनकपुर–भिठ्ठामोडको १८ दशमलब ५६ किलोमीटर सडक खण्डलाई छ लेनको बनाउने अनसनकारीहरुको मागलाई सरकारले गम्भीरतापूर्वक लिएको र सोको सम्भाव्यता अध्ययन गरिने कुरा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएपछि अनसन फिर्ता गर्न आन्दोनकारीहरु सहमत भएका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एउटा प्रेस विज्ञप्ति जारी गरी सो सडक खण्डमा अहिले बनाउन थालिएको चार लेनलाई निर्धारित समय अघि नै सम्पन्न गर्ने, सडक सञ्चालनका लागि दशै अगाडि नै मरम्मतसम्भार गर्ने र निर्माण कार्यको गुणस्तरलाई जनसहभागितामा अनुगमन गरिने पनि जनाएको छ । गत भदौ २४ गते उक्त सडक खण्डमा ९३ करोड ४३ लाख ९३ हजार पाँच सय ८१ रुपियाँको लागतमा निर्माण हुने चारलेन सडकको शिलान्यास भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले गरेका थिए । यस निर्माणसँगै मुख्य बजार क्षेत्रमा थप दुई लेन बनाइने मन्त्रालयको विज्ञप्तिमा छ । सोको निर्माण अवधि दुई वर्ष छ महिना निर्धारण गरिएको थियो ।गत भदौ २४ गते उक्त सडक खण्डमा ९३ करोड ४३ लाख ९३ हजार पाँच सय ८१ रुपियाँको लागतमा निर्माण हुने चारलेन सडकको शिलान्यास भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले गरेका थिए । यस निर्माणसँगै मुख्य बजार क्षेत्रमा थप दुई लेन बनाइने मन्त्रालयको विज्ञप्तिमा छ