राजविराज नगरपालिकाका कर्मचारीको कुर्सीमा वसि घुस लिईरहेको एक पक्राउ
Advertise Here Book Now
राजविराज, ११ असोज । राजविराज नगरपालिकामा कर्मचारीको कुर्सीमा वसेर सेवाग्राहीसँग घुस लिईरहेको आरोपमा सोमवार एक जना पक्राउ परेको छ ।
घुस लिईरहेको आरोपमा पक्राउ पर्नेमा राजविराज नगरपालिकाका एक कर्मचारीको भाई राजविराज नगरपालिका–७ निवासी २८ वर्षीय प्रकास चौधरी रहेका छन् । प्रकास नगरपालिकामा पञ्जिकाधिकारी पदमा कार्यरत लोकेन्द्र चौधरीको भाई रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दाजुकै कुर्षिमा वसेर जन्म, मृत्यु दर्ता गर्ने काम गर्दै आएका चौधरी एक सेवाग्राहीसँग एक हजार तीन सय घुस लिईरहेको अवस्थामा पक्राउ परेको हो ।उनी विगत एक महिनादेखि दाजुकै कार्यकक्षमा वसेर सेवाग्राहीसँग लेनदेन र कामकाज गर्दै आएका थिए । एता, नगरपालिकाका कार्यकारी अधिकृति विष्णुप्रसाद गुरुङ्गले कर्मचारी नै नभएका ब्यक्तिलाई यसरी महिनौदेखि कार्यालय गर्दा पनि कहिल्यै नरोकेको अन्य कर्मचारीको भनाई छ ।कार्यालयको एक कर्मचारीका अनुसार
कार्यकारी गुरुङकै मिलोमतोमा घुस लेनदेनको काम हुदै आएको छ । अर्कोतर्फ सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले यसरी सेवाग्राहीसँग घुस लिने ब्यक्ति र त्यसलाई प्रयोग गर्ने कर्मचारीमाथि आवश्यक अनुसन्धान सूरु गरिएको तथा संलग्ता कर्मचारीलाई कानुन वमोजिम कारवाही गरिने बताए l
सभार : सि एफ एम

