त्रिशूली नदीमा गाडी फेला, पूर्वगृहमन्त्री घिमिरेको हुनसक्ने शंका
Advertise Here Book Now

काठमाडौं – पूर्वगृहमन्त्री माधव घिमिरे चढेको जीप दुर्घटनापछि खोजीका लागि परिचालित भएको नेपाली गोताखोरले त्रिशूली नदीमा गाडी फेला पारेको छ । चितवन प्रहरी प्रमुख एसपी वसन्त कुँवरका अनुसार नदीको ८÷१० फिट गहिराईमा गाडी फेला पारिएको जानकारी दिनुभयो ।उक्त गाडी पूर्वगृहमन्त्री घिमिरे चढेकै गाडी हो वा अन्य गाडी हो भन्ने यकिन हुन सकिरहेको छैन । घोप्टेभीरबाट २० मिटर दक्षिण क्षेत्रमा नेपाली गोताखोरले बुधबार बेलुका गाडी फेला पारेको हो ।उहाँका अनुसार नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी तथा गोताखोरको प्रयासमा गाडी निकाल्ने काम भइरहेको छ । आइतबार साँझ काठमाडौं आइरहेका बेला पूर्वगृहमन्त्री घिमिरेसहित परिवार चढेको बा ९ च १५३१ नम्बरको जीप घोप्टेभीरबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो ।घटनास्थलबाट तत्काल आमा चैतन्यकुमारी, आफन्त नारायण काफ्ले र निजी सुरक्षाकर्मी रामचन्द्र कार्कीको शव फेला परेको थियो। चालक विष्णु राई घाइते अवस्थामा फेला परेका थिए । घिमिरेसहित उहाँका दुई भाइ त्रिशुलीमा हराइरहेका थिए ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्