सिरहामा गाडीको ठक्करबाट एकको मृत्यु
Advertise Here Book Now




फाइल  फोटो 
सिरहा ,६ असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत् सिरहाको धनगढीमाई नगरपालिका–१ मा विहीबार अज्ञात सवारी–साधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको नम्बर नखुलेको अज्ञात सवारी–साधनको ठक्करबाट नाम थर वतन नखुलेका अन्दाजी ३० वर्षीय एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु भएको जनाइएको छ । यस्तै, सिरहाको धनगढीमाई नगरपालिका–१३ मा बुधबार साँझ इनारमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।स्थानीय हरिनारायण यादवको सात वर्षीया छोरी अन्जली खेल्नेक्रममा चिप्लेर इनारमा खसेकी थिइन् ।छिमेकीले उनलाई खसेको देखेपछि निकाल्न लाग्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । रासस

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्