हङकङमा नेपालीबीच झडप, प्रहरीले गोली चलाउँदा २ घाइते (भिडियोसहित)
Advertise Here Book Now

हङकङ, २ अक्टोबर । हङकङमा नेपालीबीच ग्याङ फाईट भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन कम्तीमा चार राउण्ड गोली चलाएको छ।
जोर्डनमा आइतवार बिहान करीव ६ बजे नेपाली युवाहरु छुरा हानाहान गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। दुई समूह लडिरहेको खबर ट्याक्सी चालकबाट पाएपछि प्रहरी घटनास्थल पुगेको थियो।
प्रहरी पुग्दा पनि छुरा हानाहान जारी रहेपछि प्रहरीले गोली चलाउंदा दुई जना गम्भीर घाइते भएका छन्। उनीहरुलाई उपचारको लागि क्वीन एलिजावेथ हस्पिटलमा लगिएको छ।
एक जनाको कमर र खुट्टामा गोली लागेको छ भने अर्काको पाखुरामा गोली लागेको र छुरा प्रहारबाट टाउकोमा गहिरो चोट लागेको जनाइएको छ। घटनामा संलग्न युवाहरुको परिचय नखुलाईए पनि उनीहरु हङकङ आईडी होल्डर नेपाली रहेको एचके अन सीसीले जनाएको छ।

