सिरहामा दशैँमा मोटरसाइकल बिक्री बढ्यो
Advertise Here Book Now




रोहित कुमार मण्डल
लहान, १७ असोज । दसैँ तिहार उपहार सुुरु गरेपछि सिरहा जिल्लामा बजाज मोटरसाइकलको बिक्री बढेको छ । नेपालीको महान् चाड विजयादशमी तथा शुभ दीपावलीको अवसरमा प्रायः सबै मोटरसाइकलको खरिदमा छुट गरिएकाले बिक्री बढेको हो ।
अरू बेलाभन्दा छुटमा केही मूल्य कम हुने भएकाले मोटरसाइकल किन्नेको भीड पनि लागिरहेको छ मनोकामान टे«ड लिंक बजाज शो रुमका प्रोपाइटर शंकर चौधरीले बताए । दसँै तिहारमा राखिने छुटका कारण शो रुममा ग्राहकको चाप अरू समयभन्दा बढिरहेको उनले बताए ।
दसैँ तिहारका लागि कुनै कम्पनीले नगद छुट, स्क्रयाच कुपन राखेका छन् भने सर्भिसिङको बढि सुविधा दिएका छन् । मोटरसाइकल डिलरले दसँै तिहार छुट सुरु गरिसकेका प्रोपाइटर गुप्ताले जानकारी दिए । सर्वसाधारण पनि दसँै तिहारमा नयाँ सवारीसाधन किन्न बढी इच्छुक देखिने गरेका छन् । अरू बेला सुनसान जस्तो देखिने मोटरसाइकल शो रुममा पनि अहिले चहलपहल बढेको छ । सिरहामा बजाज, कम्पनीका मोटरसाइकल बढि बिक्री हुने गरेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्