भवानी अस्तालका गार्डहरुले बिरामीका आफन्तलाई कुटे
Advertise Here Book Now

राम मण्डल बीरगंज पर्सा १८ बीरगंजको लिंकरोडमा रहेको भवानी अस्पताल प्रालिका सुरक्षा गार्डहरुले बिरामीका आफन्तलाई कुटपिट गरेका छन।पर्सा रामगढवा निवासी आरिफ अन्सारीलाई अस्पतालका तिनजना सुरक्षा गार्डहरु मिलि कुटपिट गरेका हुन। अन्सारीले आफना १३ बर्षीय छोरी सबिना खातुनलाई अस्पतालमा उपचारका लागि भर्ना गराएका थिए ।अस्पतालका डाकटर समयमा नआएका तथा सोधपुछ गर्दा डाक्टर आउदै छ,केहीबेरमै आईपुग्ने भनी पन्छाउने गरेका कारण आफनो छोरीको स्वास्थय झन बिग्रको अन्सारीले बताउनु भयो ।आज आएर अस्पतालले आफना छोरीको उपचार गर्न नसकने भन्दै अन्त लैजान भनेको तथा आफुले अन्य अस्पतालमा लग्न खोज्दा पैसा नतिरी किन लैजान लागेको भन्दै डयुटीमा रहेका सुरक्षा गार्डहरु मिलि कुटपिट गरेको बिरामीका पिता अन्सारीको भनाई छ ।कुटपिट भएको पुरै घटना अस्पतालमा जडित सिसिटिभि क्यामरामा रेकर्ड भएको छ ।घटना भएको थाहा पाउने बितिकै घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले कुटपिट गर्ने तिनैजना सुरक्षागार्डहरुलाई नियन्त्रणमा लिएको छ

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्