मिथिलाको महान पर्व छठ आज देखि सुरु, पहिलो दिन ‘नहाय–खाय’
Advertise Here Book Now

सिरहा, १९ कात्तिक । सिरहा लगायत मिथिलाञ्चल भरी मनाउने महान् पर्व छठ ‘नहाय–खाय’ गरी आजवाट धार्मिक विधिपूर्वक सुरु भएको छ । विभिन्न विधिविधान पुर्वक मनाइने छठ पर्व आजदेखि मितिलाञ्चलको सिरहा, धनुषा, महोतरी, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायतको ठाउमा धुमधामका साथ सुरु भएको छ । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।
 त्यस्तै पर्वको दोस्रो दिन अर्थात शनिबार पञ्चमी तिथिमा व्रतालुले दिनभरि निराहार व्रत बसेर राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि सम्पन्न गर्नेछन् । यसैगरी आइतबार संध्या र सोमबार उदाउदो सुर्यको अर्घ दिई चार दिवसीय पर्व छठको समापन हुने छ । यसैगरी, पर्वको मुख्य दिन मानिने षष्टी तिथिका दिन बिहानै न्वाई–ध्वाई गरेर निराहार व्रत बसेका व्रतालुले साँझ अस्ताउदा सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अघ्र्य दिने गरिन्छ । मिथिलामा यो विधिलाई ‘सझुका अरख’ भनिन्छ ।  झिलीमिली पारेर सजाइएको पानीघाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघिल्लो दिन अस्ताउ“दो सूर्यलाई अघ्र्य दिदा देखाइएका सामग्री देखाएर अर्को अघ्र्य दिएपछि यो पर्व सम्पन्न हुने परम्परा छ । उदाउदो सूर्यलाई दिइने यो अघ्र्यलाई ‘भोरका अरख’ भनिने गरिएको छ । छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ चोखोनितोको ख्याल गरिनुपर्ने आम मान्यता रहेको मिथिला लोक संस्कृतिका जानकार बताउछन् । यस पर्वमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहु तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार, नयँ छ्याची (माटोको भाडा)मा जमाइएको दही, उखुका लाक्रा र मौसमअनुसारका फलपूmल सूर्यलाई अघ्र्य दिदा देखाइने चलन छ । ‘भोरका अरख’ सम्पन्न भएसगैं इष्टजनसगै प्रसाद खाएर यो पर्व सम्पन्न गरिन्छ । सिरहाको विभिन्न स्थानहरुमा रहेको जलाशयहरुमा घाट वनाउने, टेण्ट, पण्डाल बनाउने काम द्रुत गतिमा अघि बढिरहेको छ । सोमबारसम्म मनाइने छठपर्वको तयारी सिरहा सहित मिथिलाञ्चलभरी केही दिन अघिदेखि नै सुरु भएको थियो । छठ पर्व सुरुवात सँगै गाउँनगर बस्तीमा छठी गीत गुञ्जिरहेका छन् ।                                                                               स्रोत:अप्पन दैनिक 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्