६८औ विश्व मानवअधिकार दिवसमा अन्तरकृया तथा सम्मान कार्यक्रम सम्पन्न
Advertise Here Book Now

फिरोज शेख , लहान मंसिर २५ ।सिरहा स्थित मानवअधिकार संरक्षण केन्द्र संजाल र महिला मानवअधिकार रक्षक संजालको आयोजनामा सिरहाको लहानमा मंसिर २५ गते शनिबार “ सबैका लागि घर घरमा मानवअधिकार ः शान्ति र विकासको आधार ” मुल नाराका साथ ६८ औं विश्व मानवअधिकार दिवस रयाली, अन्तरकृया तथा सम्मान कार्यक्रम सँगै रक्तदान कार्यक्रम समपन्न गरेको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी श्री कृष्ण श्रेष्ठको प्रमुख आथित्य तथा संजालका संयोजक राम भरोसी महतोको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा प्रमुख अतिथी सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री कृष्ण श्रेष्ठले राज्यले मानवअधिकारको संरक्षण र प्रवद्र्धन गर्ने हुदा आफु जिल्लामा बसुन्जेल मानवअधिकारको संरक्षण र प्रबद्धनमा सकृय भूमिका निर्वाह गर्ने बताउनु भयो । त्यसैगरी कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी शेखर कोइरालाले प्रहरी निकायबाट मानवअधिकार उलंघन हुन नदिने नागरिक समाज र सरोकारवाला निकायहरु संग हातेमालो गरी समाजमा सचेतना फैलाउन सहकार्य गरी काम गर्ने प्रतिबद्धता एसपी कोइरालाले गरेका छन। इन्सेक, ओरेक, समग्र जनउत्थान केन्द्र, दलित जनकल्याण यूवा कल्ब, इह्रिकण, आरआरएन, मुक्ति नेपाल, सहयोगिहातहरु, अपाङ्ग पुनरस्थापना केन्द्र, समग्र विकास सेवा केन्द्र, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, थर्ड एलाइन्स, अपसन नेपाल, महिला तथा बालबालिका कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय लहान लगायत सं संस्थाको सहकार्यमा संचालित कार्यक्रममा मानवअधिकारको क्षेत्रमा कृयाशिल भइ कार्य गरेका तीन जनालाई दोसल्ला ओढाइ प्रमुख जिल्ला अधिकारी श्री कृष्ण श्रेष्ठले सम्मान गरेका छन।सम्मानित हुनेहरुमा मानवअधिकारकर्मी इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियार, मधेशस्पेशलडटकम अनलाइन तथा रेडियो सरगमका संचालक संचारकर्मी फिरोज शेख र दलित अधिकारकर्मी फुलकुमारी राम रहेका छन । लहानको राममन्दिर चौकबाट निकालिएको रयाली लहान बजारको विभिन्न भाग परिक्रमा गरी अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो। अन्तरक्रिया कार्यक्रम पश्चात भएको रक्तदान कार्यक्रममा दर्जनौ अधिकारकर्मी,संचारकर्मी सरकारी निकायका प्रतिनीधीहरुले रक्तदान गरेका छन। रयाली ,अन्तरक्रिया , सम्मान र रक्तदान कार्यक्रममा इलाका प्रशासन कार्यलयका कार्यकारी अधिकृत पवन गुप्ता , इलाका प्रहरी कार्यलय लहानका डीएसपी राज कुमार केसी , लगायत अधिकारकर्मी,संचारकर्मी , सरकारी निकायका प्रतिनीधीहरुको पनि उपस्थिती रहेको थियो।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्