मधेश प्यावसनले बुधवार भव्यताका साथ आफनो वार्षिकोत्सव मनाएयो फोटो फिचर
Advertise Here Book Now

फुलगेन मुखिया सिरहा पौष १३ । मधेश प्यावसनले बुधवार भव्यताका साथ आफनो वार्षिकोत्सव मनाएको छ। १३ गतेकै दिन तराई मधेशमा अधिकारका लागि आन्दोलन जारी रहेकै समय मधेश प्यावसनको स्थापना भएको एक वर्ष पुरा भएको अवसरमा वार्षिकोत्सव मनाईएको मधेश प्यावसनका सचिव सुजित कुमार मिश्राले जानकारी दिएका छन । जनकपुर उपमहानगरपालिका वडा नंं. १ स्थित शिवशारदा ई.बो.स्कुलमा वार्षिकोत्सव मनाईएको हो । मधेश प्यावसनका अध्यक्ष अमरेन्द्र कुमार झाको अध्यक्षता र जिल्ला शिक्षा कार्यालय धनुषाका उप—जिल्ला शिक्षा अधिकारी मिहीलाल यादवको प्रमुख आथित्यमा भएको कार्यक्रममा शैलेन्द्र मिश्रले स्वागत मनत्य राखेका थिए । कार्यक्रममा मधेश प्यावसनका महासचिव सुवोध मिश्र , महेन्द्र सिंह , ब्रज किशोर यादव , प्रभात कुमार मिश्र, रामप्रवेश राउत , नरेश यादव , प्रदिप कुमार यादव, सुमन झा सहितका व्यतिmहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी वतmाहरु नीजि विद्यालय संगठनहरु एकजुट भएर जानुको विकल्प नरहेको बताएका छन । उनीहरुले मधेश व्यावसनले आफनो क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिएका छन । कार्यक्रमको उदघोषण मधेश प्यावसनका सचिव सुजित मिश्राले गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्