एमालेको राष्ट्रघात क्रियाकलापले तत्काल निर्वाचनमा समस्या ः प्रम प्रचण्ड
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, २९ मंसिर । मधेशी, जनजाती, थारु, मुस्लिमसंग तीन बुंदे सम्झौता भएको थियो त्यही अनुरुप संविधान संशोधन प्रस्ताव संसदमा पेश भएको छ, यसमा मोर्चाकै आधारमा परिमार्जन पनि हुन्छ, फिर्ता हुने कुनै कुरै छैन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउंनुभयो । प्रेस सेन्टर प्रदेश नम्बर २ ले आज लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले मधेश आन्दोलनका सहिद, घाईते र जेलनेल परेकाप्रति सकारात्मक निर्णय गराएको भन्दै प्रदेश नम्बर २ मा सुनसरी, मोरंग र झापाका केही भाग काटेर भएपनि परिमार्जन गर्न लगाउंने बताउंनुभयो । तर, मधेश र मधेशीको सबै माग अहिले नै पूरा हुन्छ भने छैन । विस्तारै हुदै जाने म पनि मधेशकै प्रतिनिधि गरेकोले सकारात्मक परिमार्जन गरेर संविधान संशोधन हुने उहां प्रचण्डले दावी गर्नुभयो । मधेश, पहाड र हिमालका जनताको भावनालाई मिलाएर अघि बढ्ने भएकोले प्रतिपक्ष एमाले पनि विस्तारै नजिक आउंछ । यसको लागि सबै कुरा यही भनेर नहुने उहां प्रचण्ड बताउंनुभयो । मेरो नेतृत्वको सरकारले निर्वाचनमा जाने भएकोले मधेशको संविधानमा स्वीकार्यता गरेर जाने नै यो सरकारको लक्ष्य रहेको भन्दै प्रतिपक्ष एमालेको राष्ट्रघात क्रियाकलापले तत्काल समस्या आउंन सक्ने उहां प्रचण्डले बताउंनुभयो । कार्यक्रम प्रेस सेन्टर प्रदेश नम्बर २ का संयोजक हिरालाल चौधरीका सभाध्यक्षतामा भएको थियो भने कार्यक्रम संचालन आशिष विकले गर्नुभएका थिए । प्रधानमन्त्री प्रचण्ड माओवादीकै मातृका यादवका छोराको जन्तीबाट फर्किएर लहानमा पत्रकार सम्मेलनमा सहभागी हुनुभएका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्