बलकवा खुला दिशामुक्त क्षेत्र घोषणा
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान १३ माघ । जेवाससीसी सिरहाको पहलमा गोलबजारको बलकवा गाउं माघ १२ गते खुला दिशामुक्त क्षेत्र घोषणा भएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लहानले विगत लामो समयदेखि खुला दिशामुक्त क्षेत्रको लागि काम गर्दै आएको थियो । यता, करिब ढेड महिनादेखि खानेपानी र जेवाससीसी सिरहाको संयुक्त पहलमा बलकवा गाउंमा सरसफाई सम्बन्धी कार्यक्रम गर्न थालेपछि खुला दिशामुक्त क्षेत्रतर्फ उन्मुख भएको हो । डब्बलु वाससीसी बलकवाको पनि महत्वपूर्ण भूमिकामा माघ १२ गते खुला दिशामुक्त क्षेत्र घोषणा गर्न सफल भएको छ । खानेपानी तथा डिभिजन कार्यालय लहानले २०७१ असार १६ गतेदेखि कार्यक्रम लागु गरी त्यस गाउंमा चर्पी निर्माण तथा सरसफाईको कार्यक्रम अघि बढाइएको थियो । कार्यक्रम लागु गरेको अवस्थामा ८ सय ४३ मध्ये २ सय ६० घरधुरीमा तत्कालीन अवस्थामा चर्पी प्रयोग गरी ३०.८४ मात्रको पहुंच रहेको थियो । २०७३ माघ ७ गतेसम्ममा गोलबजार ११ बलकवामा शतप्रतिशत घरमा चर्पीको पहुंच तथा प्रयोग भएपछि खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । त्यस गाउंमा सरकारी ३ र बोर्डिग स्कूल गरी चार विद्यालय रहेको छ भने दर्जनौ मठमन्दिर र मदरसा रहेको छ । खुला दिशामुक्त क्षेत्र घोषणा गर्न माघ १२ गते सिरहाका सिडियो श्रीकृष्ण श्रेष्ठका प्रमुख आतिथ्यमा कार्यक्रम भएको छ भने डिवाससीसी सिरहाका अध्यक्ष तथा जिविस सिरहाका एलडिओ सुरेश राउत, खानेपानी तथा डिभिजन कार्यालय लहानका प्रमुख राजेश कुशवाहा, नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष देवकुमार यादव, डब्बलुवाससीसीका अध्यक्ष दुखी पंडित, स्वास्थ्यकर्मी पवन पंजियार, जेवाससीसी सिरहाका अध्यक्ष दिनेश्वर गुप्तालगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्