दलित बस्तीमा फुसको घरमा पक्की शौचालय

प्रकाशित समय 4:38 AM
ऑनलाइन सिरहा डटकम माघ १८ । जुनसुकै बस्तीमा सजिलै हेर्न सकिन्छ, विपन्न गरिब, दलित समुदायका केही व्यक्तिहरु आर्थिक कमजोर तथा मानसिक विपन्नताका ऐलानीमै बसेको हुन्छ । यो कुरा कसैबाट लुकेको छैन् । यो कुरा सबैले बुझेकै हुनुपर्दछ । सिरहा नगरपालिका–६ बसपिट्टाको दलित बस्तीमा पनि केही घरपरिवारहरु त्यसैगरी ऐलानीमा बस्दै आएका छन् । स–साना फुसको घर छन् । अधिकतर घरमा परालको छानो रहेको देख्न सकिन्छन् । घर फुसकै भएपनि चर्पी भने केही व्यक्तिहरुले पक्की नै बनाएर नियमित प्रयोग गर्दै आएका हुन् । ‘घर फुसको हुँदा त्यति समस्या हुँदैन् तर चर्पी फुसको रह्यो भने समस्या हुन सक्ने,’सिनपा–६ का शिवजी महराले भने,‘फुस चर्पी रह्यो भने बर्खायाममा ज्यादै समस्या भइरहन्छ ।’ums-1 घर पटक–पटक भत्काएर पनि बनाउन सकिन्छ तर चर्पी भत्काएर फेरी बनाउन धेरै झन्झटिलो हुने उनको तर्क छ । उनले चर्पी भत्काउन घिन लाग्ने भएकोले फेरी बनाउन मजदुर नै नपाउन सक्ने बताए । उनका अनुसार केही महिना अघि मात्र छोरा बैदेशिक राजगारमा गएको छ । ‘तत्कालको लागि साहुसँग ऋण लिएर चर्पी बनाएको छु,’उनले भने,‘छोराले पठाउने रकमले पहिलो चर्पी बनाउन लिएको ऋण नै चुक्ता गर्छु ।’ पारिवारिक श्रोतका अुनसार चर्पी बनाउन ५० हजार ऋण लिइएको छ । शिवजी मात्र हैन्, सिनपा–६बसपिट्टकी तेतरी महराले घर फुसको राखेको भएपनि चर्पी पक्की नै बनाएकी छन् । ‘सर, चर्पी बनला स महिलाके लेल बहुत निक होइत अछि से वात बुझले नै छल (चर्पी बनेपछि महिलालाई सहज हुन्छ भन्ने थाहै थिएन्,’तेतरीले भनिन्,‘तर, चर्पी बनाक प्रयोग केलाक वाद सब बात बुझमे आयल (चर्पी बनाएर प्रयोग गरेपछि मात्र यसको महत्वबारे थाहा भयो ।’ उनले केही दिन अघि ग्यास बन्दै आएको थियो तर चर्पी बनाएर प्रयोग गर्न थालेपछि त्यो निको भएको बताइन् । चर्पी बनाउन गाउँकै साहुसँग ३० हजार ऋण लिएको थप्छिन्,‘छोरा बैदेशिक रोजगारमा गएको छ उत्ताबाट आउने पैसाले ऋण चुक्ता गर्छु ।’ जग्गा अभावको कारण फुसको घरभित्रै पक्की चर्पी बनाएकी छन्,उनी । फरक अवस्था छैन्, पानो देवी महराको । श्रीमान् चलितर महरा बैदेशिक रोजगारमा गएको तीन वर्ष भइसकेको छ । बिदेशको आम्दानीले घर पक्की नबनाई चर्पी भने पक्की नै बनाएकी छन्, पानोदेवीले । सुरक्षा र दुर्गन्धबाट बच्न पक्की चर्पी बनाएको उनले तर्क गरिन् । चर्पीमा अत्यधिक पानीको प्रयोग गर्नुपर्ने भएकोले पराल कुहिएर छिट्टै गन्हाउँने गर्दछ त्यस कारण चर्पी बनाएको प्रष्ट पारिन् । दलित बस्तीमा काम गर्न समस्या हुने बाहिर चर्चा चलेको थियो तर काम गर्दै जाँदा फरक पन पाएको शहरी वातावरण व्यस्थापन समाज (युम्स)का कार्यक्रम सहायक कृष्ण भुलले बताए । उनले कुनै पनि कामलाई सफल पार्नको लागि लगनशिलता चाहिन्छ त्यसरी नै अघि बढ्दै जाँदा सामुदायको राम्रो सहयोग पाएको बताए । ‘कुरा बुझाउन नसक्दा मात्र समस्या हुन्छ,’ उनको तर्क छ । सक्नेले पक्की नसक्नेले फुसकै चर्पी बनाएर नियमित प्रयोग गर्दै आएको उनले बताउदै प्रयोगमा समस्या देखिएका व्यक्तिहरुको घरमै गएर चर्पी र त्यसको महत्वबारे सचेतीकरण गराउदै आएको उनले थपे । चर्पी र त्यसको महत्वबारे जानकारी गराउने उद्देश्यले समुदायका केही व्यक्तिहरुलाई छिमेकी जिल्ला उदयपुर भ्रमण समेत गराइएको उनले भने । संस्था नभएको भए चर्पीको महत्वबारे बुझ्नबाट बञ्चित नै हुन्थे स्थानीय महिलाहरुले बताएकी छन् । वडालाई खुल्ला दिशामुक्त गराउन रचनात्मक क्रियाकलाप मार्फत समुदायलाई सहजीकरण गर्दै आएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »