केपी अाेलीकाे पक्षमा प्राेपाेगान्डा मच्चाउन टिम परिचालन
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम माघ १७ । मदन भण्डारी, मनमोहन अधिकारी र केपी ओली एमालेका बपौती होइनन् पत्रकार विजयकुमार पाण्डेले गत शुक्रबारको एक कार्यक्रममा भनेका थिए । पाण्डेको यो अभिव्यक्तिलाई अहिले फेसबुकमा व्यापक बनाइएको छ । एमालेको उपमहासचिवमा पराजित शंकर पोखरेलले सुरु गरेको फेसबुक अभियानलाई व्यापक बनाउन एमालेमा ओली गुटका युवाहरुलाई सर्कुलर नै गरिएको छ । ओलीले दिएका अभिव्यक्ति र गरेका कामलाई बेलाबेला यसैगरी व्यापक बनाउने गरिएको थियो । ओली राष्ट्रिय नेता हुन् भन्दै उनको देवत्वकरण गर्न एमालेमा युवाहरुको टिम नै परिचालन गर्ने गरिएको कुरा एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालले गोप्य भेटघाटहरुमा बताउने गरेका छन् । ओलीसँग जोडिएका नराम्रो विषय हटाई राम्रो राम्रो प्रसंगहरु लिएर सामाजिक सञ्जाल प्रयोग गर्ने काम भइरहेको छ । पोखरेलको नेतृत्वमा प्रदीप ज्ञवाली, महेश बस्नेत, युवा संघका अध्यक्ष, विद्यार्थी अध्यक्ष, प्रेस चौतारीका अध्यक्षलगायतका भातृसंगठनका केही गरी एउटा प्रोपोगन्डा टिम बनाइएको छ । जसको काम ओलीलाई माथि चढाउने र अरु सबैलाई गिज्याउने गरी सामाजिक सञ्जाल प्रयोग गर्ने, देशभरका ओली गुटका कार्यकर्तालाई लाइक र कमेन्ट गर्न लगाई राष्ट्रिय सञ्चारमाध्यमलाई ओलीको पक्षमा देशव्यापी माहोल छ भनेर लबिङ गर्ने काममा सो टिम जुटेको छ । ओली गुट र नेपाल गुट देशभर झन्डै झन्डै बराबरीको हैसियतमा भए पनि ओली वरिपरिको टिमले गोयबल्स शैलीमा उनी राष्ट्रवादी नेता हुन् भनेर प्रचार गर्ने नीति लिएको छ । जनताले ओली सरकारबाट कुनै आशा गर्नुपर्ने अवस्था नै आएन । त्यतिखेरदेखि अहिलेसम्म अरुलाई दोष लगाएर पानीमाथिको ओभानो बन्ने प्रयासमा रहेका ओलीको त्यो असक्षमतालाई पूर्णरुपमा बेवास्ता गर्दै राष्ट्रिय नेता बनाउने प्रयासमा जुटेको छ, ओलीको प्रोपोगन्डा टिम । सो टिमको बेलाबेला बैठक बसेर ओलीलाई अब के बोल्न लगाउने, वैचारिक रुपमा अलग भए पनि ओलीको पक्षमा लेख्ने, बोल्ने को को छन् भनेर खोजी गरी तिनीहरुको धारणा सार्वजनिक गर्ने, एमालेका अन्य नेताहरुलाई कमजोर बनाउन र उडाउन कसरी सकिन्छ भन्नेलगायतका काम गर्ने गरेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्