महिला बच्चा जन्माउंने मेशिन हैन
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान २८ माघ । संसारमा महिलाको संख्या केही प्रतिशत बढी छ, तर महिला अधिकारको लागि आज पनि आवाज उठाइरहनु परेको अवस्था रहेको अन्तर पार्टी महिला संजालकी पुष्पा ठाकुरले बताइन् । अन्तर पार्टी महिला संजाल सिरहाको आयोजनामा माघ २७ गते लहानमा महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व अभिमुखिकरण कार्यक्रममा नेपालमा महिलाकी संख्या ५२ प्रतिशत रहेको भन्दै संजालकी ठाकुरले सोही अनुपातमा महिलाको अधिकार सुनिश्चित हुनुपर्ने बताइन् । नेपाली कांग्रेसका सिरहा सभापति तथा सांसद रामचन्द्र यादवले समाजमा महिलाको महत्वपूर्ण भूमिका रहेकोले आउंदो निर्वाचनमा महिला समावेशी गरी अघि बढ्ने प्रतिबद्धता जनाउंनुभयो । महिलालाई बच्चा जन्माउंने मेशिनको रुपमा नदेख्न भन्दै माओवादी भूमिगतको बेला पुरुषभन्दा सक्रिय भएर महिलाहरु जनसेनामा काम गरेको उदाहरण छ । यसर्थ महिलालाई अवसरको खांचो मात्रै रहेको माओवादीका रामपृत रामले बताए । सद्भावना पार्टीका दिनेश्वर गुप्ताले हालसम्म अधिकारको लागि ८ वटा आन्दोलन भएको छ । तर, महिला मुक्तिको लागि आन्दोलनको खाचो रहेको बताउंनुभयो । गुप्ताले जनसंख्याको आधारमा सबै वर्गतह तप्कालाई अधिकार सुनिश्चित गरियो भने मात्रै समाजमा शान्ति सुरक्षाको प्रत्याभूति हुन सक्ने बताउंनुभयो । संघीय समाजवादी फोरम नेपालका डोनेक मोक्तानले समाजमा विभेद रहेको छ । सोही विभेद अनुरुपको संविधान जारी भएकोले जबसम्म यसको अन्त्य हुंदैन तबसम्म चाहेको शान्ति कद्दापी नआउंने बताउंनुभयो । तमलोपाका राकेश झाले महिला अधिकार सुनिश्चित गर्न तथा समाज परिवर्तनको लागि संविधान संशोधन जरुरी रहेको बताउंनुभयो । कार्यक्रम महिला संजालकी उषा राउतले कार्यक्रम संचालन गरेकी थिइन् भने संजालकी उमा रेग्मी मन्तव्य राखेकी थिइन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्