क्याम्पस इन्टरनेशनल एकेडेमीको दोस्रो वार्षिक उत्सव तथा सांस्कृतिक र सम्मान कार्यक्रम सम्पन्न
Advertise Here Book Now

Displaying kyampass school (1).jpgअभिमनु कुमार पटेल २० माघ । क्याम्पस इन्टरनेशनल एकेडेमी गौर ५ रौतहटको दोस्रो वार्षिक उत्सव तथा सांस्कृतिक एवं सम्मान कार्यक्रम आज विद्याकी देवी सरस्वती पुजाको पावन अवसरमा विभिन्न कार्यक्रम गरी मनाइएका छन । वार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी उद्यव बहादुर थापा रहनुभएको थियो र कार्यक्रमका अध्यक्षता विधालयका अध्यक्ष मो. अदुदको अध्यक्षतामा भएको छ । सो कार्यक्रममा प्रमुख अतिथि थापाले घर उज्यालो राख्नका लागि दिपको आवश्यकता छ त्यस्तै मानिसको जिवनलाई उज्यालो शिक्षा नै हो । देशका अनुसार यो जिल्ला शिक्षा क्षेत्रमा धेरै पछाडी परेका छन तर अब आउने दिनमा शिक्षाबाट कुनै बालवालिका बैन्चित नराख्नु प्र.जि.अ. थापाले बताउनु भयो । विधालयहरु धेरै रहेको छ तर सही शिक्षा , गुणस्तरिय प्रधान थोरैले मात्र दिई रहेको अवस्थाले शिक्षा क्षेत्र बिग्रेका छन यसमा सुधार ल्याउन सबैको नैतिक दायित रहेको छ । साना साना बालवालिकाहरुलाई यो क्याम्पस इन्टरनेशनल एकेडेमी विधालयले राम्रो शिक्षा हासिल गराई देश विदेशमा आफनो विधालयको नाम लाई अझ उचाईमा पुगाउन सफलहोस । विधालयबाट नै जिवनको यात्रा सुरु हुनछ किनकी सब भन्दा बढी बढाईका साथ साथै अनुशाषितको पलना गर्ने मौका चाहि बाल अवस्थामै राम्रोसँग पायौँ न भने जिवनको यात्रा गर्न सफल हुदैन त्यसैले यो विधालयमा अध्यनरत बालवालिकाहरुलाई विधालयका शिक्षकहरुले आफनो छोराछोरी भन्दा बढी माया गरी शिक्षा हासिल गराउनु नै तपाईहरुको कर्तव्य रहेको प्र.जि.अ. थापाले बताउनुभएका छन । सो वार्षिक उत्सव, सांस्कृतिक तथा सम्मान कार्यक्रममा विशिष्ट अतिथि सशस्त्र प्रहरी बल रौतहटका प्रमुख प्रहरी उपरिक्षक भगवान मल्ल , लायन्स क्लब अफ रौतहट मदनपुरका अध्यक्ष सुरेन्द्र प्रसाद पटेल , अतिथि सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक नर्मिल खड्का , रिपोर्टर्स क्लब नेपाल रौतहट शाखा एवं मधेश प्रदेश अनलाइन अध्यक्ष अभिमनु कुमार पटेल , रौतहट एफ.एम.का चंचल झा , गौर आँखा अस्पतालका सत्येन्द्र पाण्डे , पवन न्यौपाने , शिक्षक विशाल मल्लिक , यदुनी दास , सुरेन्द्र कुमार कर्ण समेत रहनुभएका थिए । सम्पुर्ण अतिथिहरुलाई विधालयका अध्यक्ष मो.अदुद र प्रमुख जिल्ला अधिकारी उद्यव बहादुर थापाले प्रशांसापत्र प्रदान गरी दोसाला ओढाएर सम्मानित गरिएको थियो । क्याम्पस इन्टरनेशनल एकेडेमीको दोस्रो वार्षिक उत्सव तथा सांस्कृतिक एवं सम्मान कार्यक्रममा विधालयका अध्यनरत छात्रछात्राहरुले आ‐आफनो विभिन्न नाटय ,कला , नृत्य , गाना समेत प्रस्तुत गरेको थियो ।



Displaying kyampass school (2).jpg
Displaying kyampass school (3).jpg
Displaying kyampass school (5).jpg
Displaying kyampass school (6).jpg

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्