फोरम नेपाल सिरहाको प्रथम एकता अधिवेशन हुदै
Advertise Here Book Now

फिरोज शेख लहान , फागुन १६ । संघीय समाजवादी फोरम नेपाल सिरहाको प्रथम एकता जिल्ला अधिवेशन अहिले सिरहा सदरमुकाममा भैरहेको छ । दुई दिनसम्म चल्ने अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिनेछ । अधिवेशनको उद्घाटन राष्ट्रिय अध्यक्ष उपेन्द्र यादबले गर्नुभएको छ । कार्यक्रममा पार्टीका बरिष्ट नेता अशोक राय , रेणु यादव लगायत बिभिन्न केन्द्रिय तथा स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ । अधिवेशनमा १५ सय भन्दा बढी प्रतिनिधिको सहभागीता रहेको छ। अधिवेशन उद्घाटन सत्रको प्रत्यक्ष प्रशारण रेडियो सरगम ९३ मेगर्ज , रेडियो सल्हेश ८८.८ मेगाहर्ज बाट भैरहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्