गोली प्रहारबाट घाइते खान बिराटनगर रेफर
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, ०१ फाल्गुन । सिरहामा अज्ञात समुहको गोली प्रहारबाट घाइते भएका लालु खानलाई स्थानिय स्तरमा उपचार सम्भब नभएपछि थप उपचारका लागि बिराटनगर रेफर गरिएको छ । आज बिहान सिरहाको मिर्चैया २ मल्हनियाँमा अज्ञात समुहको गोली प्रहारबाट घाइते भएका मझौलिया ४ अरंग बस्ने लालु खानको थप उपचारका लागि बिराटनगर रेफर गरिएको प्रहरीले बताए । आफ्नै घरबाट ना ३८ प १३३४ नम्बरको गाडीमा सबार भई आइरहेको अबस्थामा आज (आइतबार) बिहान करीब १० बजे अज्ञात समुहले गाडी रोकी गोली प्रहार गरि खानलाई घाइते बनाएको छ । घाइते खानको पेट र टाउकोमा गोली लागेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गजुसिद्धि बज्राचार्यले बताए । गोली हान्ने समुह ३ बटा मोटरसाईकलमा आइ खानलाई गोली हानी फरार भएको बताईएको छ । गोली प्रहार गर्नेहरुको खोजी तिब्र गरिएको प्रहरीले दाबी बताए । 
Displaying 16699732_1397215413656078_629716768_n.jpg
Displaying 16699884_1195454853907484_244576404_n.jpg

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्