विद्यार्थी र प्रहरीबीच झडप हुदा हवाई फायर
Advertise Here Book Now

फागुन १२। महेन्द्र मोरङ क्याम्पसका विद्यार्थी र प्रहरीबीच झडप भएको छ। सडक निर्माण गर्न रोडशेष चोक क्षेत्रमा खटिएको डोजरले विद्यर्थाीलाई घाइते बनाएपछि स्थिति तनावपूर्ण बनेको थियो।डोजरले मोरङ क्यामपस बिबिएस दोस्रो वर्षमा अध्यनरत सुरज यादवलाई ठक्कर दिएर घाइते बनाएपछि आक्रोसित बनेका विद्यार्थीले डोजरमा आगजनी गरेपछि स्थिति नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गरेपछि विद्यार्थी र प्रहरीबीच झडप भएको हो। प्रहरीले झडप नियन्त्रणमा लिन हवाई फायर गरेका छन्। प्रदर्शनमा उत्रिएका विद्यार्थीले क्याम्पस परिसरभित्रबाट प्रहरीलाई ढुंगा बर्षाएका थिए। घटना नियन्त्रणमा लिन चार राउन्ड हवाई फायर गरिएको छ। अहिले स्थिति समान्य भएको मोरङ प्रहरीले जनाएको छ। घाइते यादवलाई उपचारका लागि अस्पताल पठाइएको छ। प्रहरीले डोजर चालक ब्रिजेशकुमार गुप्तालाई नियन्त्रणमा लिएको छ। सोहि झडपका क्रममा पक्राउ परेका चारजना विद्यार्थी लाइ प्रहरीले छाडेका छन्।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्