प्रधानमन्त्री प्रचण्ड र एमालेको कार्यक्रम विथोल्ने मोर्चाको निर्णय
Advertise Here Book Now

फाल्गुन १४। सिम्रौनगढमा प्रधानमन्त्री प्रचण्डको कार्यक्रम र एमालेले चलाउने भनिएको मेची-महाकाली अभियान विथोल्ने मधेसी मोर्चा बारा र पर्साको संयुक्त बैठकले निर्णय गरेको छ । बाराको नौतन गण्डकस्थित मधेस सेवा आश्रममा बसेको मोर्चाको संयुक्त बैठकबाट यस्तो निर्णय भएको हो । प्रधानमन्त्री प्रचण्ड र एमालेको मेची महाकाली अभियान बिथोल्ने निर्णय भएपनि फागुन १९ गते जीतपुरमा अन्तरक्रिया गरी रणनीति बनाउने मोर्चाले जनाए । अगामी सोमबार प्रधानमन्त्री प्रचण्ड सिम्रौनगढ आउने कार्यक्रम छ भने एमालेले फाल्गुन २७ गते बाराको जीतपुरमा एमालेले मेची– महाकाली अभियान अन्तर्गत सभा गर्ने कार्यक्रम तय भएको छ । मोर्चाको संयुक्त बैठकले मधेसी विरोधी नेताहरु विरुद्ध पर्सा/बाराको गाउँ–गाउँमा भण्डाफोर कार्यक्रम चलाउने निर्णय पनि गरेको तराई मधेस लोकतान्त्रिक पार्टीका प्रवक्ता रमेश सर्राफले बताए । बैठकमा पर्साबाट प्रदीप यादव, शशीकपूर मियाँ, पुरुषोत्तम झा, प्रेमबाबू पटेललगायत तथा बाराबाट प्रमोद गुप्ता, रामबाबू यादव, जीतेन्द्र सोनल, नवलकिशोर सिंह, महमद सफिक, धर्मेन्द्र यादव, राजेश यादवलगायतको उपस्थिति थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्