राजनीति
»
डा. सीके राउतको गिरफ्तारीमा बोल्यो मधेसी मोर्च ,अविलम्ब रिहा गर्न नेपाल सरकारसँग अपील
डा. सीके राउतको गिरफ्तारीमा बोल्यो मधेसी मोर्च ,अविलम्ब रिहा गर्न नेपाल सरकारसँग अपील
Advertise Here Book Now
सप्तरी २४ माघ । मधेशी मोर्चा सप्तरीले स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउत र उनका समर्थकहरुलाई अविलम्ब रिहा गर्न नेपाल सरकारसँग अपील गरेको छ ।
मधेशी मोर्चा सप्तरीका प्रवक्ता भगवती प्रसाद यादवले सोमबार प्रेस विज्ञप्ति जारी गरी अविलम्ब रिहाईका लागि अपील गरेका हुन् ।
‘सीके राउत आफ्नो विचार राखेकाले राज्यपक्षद्वारा राउतलाई हिरासतमा राखी अनुसन्धान गर्ने कार्य तथा राउतलाई रिहा गराउने उहाँका समर्थकलाई समेत प्रशासनद्वारा पक्रिएर हिरासतमा राख्ने कार्य निन्दीय एवं खेदपूर्ण छ ।’ विज्ञप्तिमा उल्लेख छ ।
Was this article helpful?
Thanks!
Your feedback helps us improve onlinesiraha.com
प्रतिकृया दिनुहोस्