पुरुष भलिवल प्रतियोगिता २०७३ को उपाधि रानी लाई
Advertise Here Book Now

फिरोज शेख लहान ,२०७३ फागुन १९ - सिरहाको लहानमा दोस्रो खुल्ला पुरुष भलिवल प्रतियोगिता २०७३ अन्तर्गत बिहिबार भएको फाइनल खेलमा पुर्व क्षेत्रीय तालिम केन्द्र बिराटनगर ( रानी ) विजय भएका छन् । श्री श्रुजना सामुदायिक पुस्तकालय पडरिया , लहान ११ को आयोजनामा आयोजित खुल्ला भलिवल प्रतियोगिताको फाइनल खेलमा क्षेत्रीय प्रहरी कार्यलय बिराटनगर लाई लगातार तिन सेटमा २५/२३ , २५/१९ र २५ /१९ अंक अन्तरले हराउदै जित हात पारेका छन् ।प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख संगै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने दोस्रो हुने टिमले ५० हजार नगद ,शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । सिरहा क्षेत्र १ बाट निर्वाचित सांसद पदम नारायण चौधरीको प्रमुख आतिथ्यमा सम्पन उक्त समारोहमा उत्साहजनक दर्शकको उपस्थिति रहेको थियो । खेलको म्यान अफ द म्याच रानीका चन्द्र कुवर भएका छन। कुवर लाई मनोरंजन चौधरीले नगद ५ हजारले पुरस्कृत गरेका छन्। यसै बीच मनोरंजन चौधरीले आगामी वर्ष २०७४ तेस्रो खुल्ला पुरुष भलिवल प्रतियोगिताका लागि प्रथम पुरस्कार स्वरूप आफ्नो तर्फ बाट २ लाख रकम दिने घोषणा गरेको जिल्ला खेलकूद बिकास समिति सिरहाका अध्यक्ष सचिदानन्द चौधरीले जानकारी दिएका छन् । प्रतियोगिताको मिडिया पाटनर रेडियो सरगम ९३ मेगाहर्ज र सरगम खबर डटकम रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्