एमाले कार्यालय जलाएको आरोपमा फोरमका केन्द्रिय सदस्यहित दर्जनौं नेता पक्राउ
Advertise Here Book Now


लहान २४ फाल्गुन । सिरहाको लहानस्थित नेकपा एमालेको पार्टी कार्यालय जलाएको आरोपमा प्रहरीले संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य सत्यनारायण यादबलगायत दर्जनौं नेतालाई पक्राउ गरेको छ । पहिलो मधेस आन्दोलनका अगुवा कृष्णबहादुर यादब, फोरमका जिल्ला सचिव प्रयाग यादब, सद्भावना पार्टीका पूर्व सहमहासचिव राजु गुप्ता, विजय यादबलगायतका दर्जनौं नेता पक्राउ परेका हुन् । उनीहरुलाई अहिले ईलाका प्रहरी कार्यालय लहानमा राखिएको छ ।
लहानस्थित नेकपा एमालेको पार्टी कार्यालय मधेसी जनताले मध्यान्ह करिब १२ बजेतिर जलाए । पार्टी कार्यालयभित्र रहेको दराज, टेबुल, कुर्सी, कागजात लगायतका समानहरु राजमार्गमा ल्याएर आगो लगाई जलाएका थिए । सप्तरी गोलीकाण्डपछि मधेस आक्रोसित छन् । मधेसी मोर्चा आज र भोली मधेस बन्दको आह्वान गरेको छ । जसका कारण मधेसका सबै जिल्ला ठप्प छ । राजमार्गमा मोटरसाइकल बाहेक कुनै सवारी साधान चल्न सकेका छैन् । मोर्चा कार्यकर्ताहरुले आक्रोसित हुँदै ठाउँ–ठाउँमा प्रदर्शन जारी राखेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्