स्थानीय चुनावमा एमाले अग्रस्थानमा आउने पूर्व मन्त्री यादवको दावी
Advertise Here Book Now

जिवछ उदासी - लहान, चैत २० गते । सिरहाको स्थानीय तहको हुने निर्वाचनमा नेकपा एमाले अधिकांश गाँउपालिका र नगरपालिकामा अग्रता लिने पूर्व समान्य प्रशासन मन्त्री तथा सिरहा –२ वाट निर्वाचित सांसद राम चन्द्र यादवले शनिवार रेडियो सरगम ९३ मेगाहर्जको कार्यक्रम सरगम सम्वाद कार्यक्रममा यस्तो दावी गर्नु भएको छ । सिरहामा ११ गाँउपालिका र ६ नगरपालिका मध्ये सात गाँउपालिका र ६ नगरपालिका मध्ये ४ नगरपालिकामा जित हासिल गर्ने पूर्व मन्त्रीले ठोकुवा गर्दै चुनावको तयारीमा एमाले अर्जून दृष्टिले लागि सकेको भन्दै यसको कुनै विकल्प छैन । संविधान कार्यान्वयन र प्राप्त उपलब्धीको लागि चुानव हुनैपर्छ । अब पनि चुनाव हुन्छ कि हुदैन तर्कमा अल्झिनु भन्दा चुनावी माहोलमा लाग्न एमाले कार्यकर्ताहरुलाई निर्देशन दिई सकेको बताउनु भएको छ । मधेशी मोर्चाले पनि आफनो शक्ति परिक्षण गर्न चुनावमा आउनुको विकल्प छैन भन्दै चुनावको वातावरण वन्दै गएको पूर्व मन्त्री यादवले तर्क गर्नु भएको छ । मधेशमा एमाले कमजोर भएको हौवा फैलाएको छ । चुनावमा गएपछि तस्बीर प्रष्ट हुन्छ भन्दै पूर्व मन्त्री यादवले एमालेको वलियो संगठन र प्रतिवद्ध कार्यकर्ताहरु हावा र हौवाको भ्रममा पर्दैन । लहान , गोलवजार मिचैया कल्याणपुर नगरपालिकामा अग्रस्थानमा छ । यस्तै गाँउपालिकाहरुमा पनि एमाले हावी हुने देखेर अन्य दलहरु चुनावमा जान नचाहेर अनेकौ वखेडा र एमालेलाई वदनाम गराउने काम गरिरहेको वताउनु भएको छ । उहाँको अनुसार स्थानीय तहको निर्वाचनमा एमालेको प्रतिस्पर्धा नेपाली काँग्रेससंग हुने ठोकुवा गर्नु भएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्