सिराहामा प्रदेशिक सभाका लागी उम्मेदवार छनाैट (नाम सहित)
Advertise Here Book Now



शम्भु चौधरी ,सिराहा प्रतिनिधि सभा र प्रदेश सभाको लागि प्रमुख चार दलले आफनो उम्मेदवारहरुको नाम सिफारिस गरेका छन ।नेपाली काँग्रेसवाट सिरहा १ मा पदम नारायण चौधरी , ३ मा सिता देवी यादव र ४ मा प्रदिप गिरीको नाम सर्वसम्मतले एकल नाम सिफारिस भएको छ भन्ने २ मा चित्रलेखा यादव र राम चन्द्र यादवको नाम सिफारिस भएको नेपाली काँग्रेस सिरहाका सभापति राम चन्द्र यादवले जानकारी दिनु भएको छ । सिरहा १ को क प्रदेश सभावाट सुनिल महतो , महेश चौधरी र राम सुन्दर चौधरीको नाम सिफारिस भएको हो भन्ने ख वाट प्रदेश सभाको लागि नेपाल विधार्थी संघका केन्द्रिय उप सभापति संजय यादव , कपलेश्वर साह र देव नाथ यादवको नाम सिफारिस भएको हो ।नेकपा एमाले सिरहा १ वाट केपी शर्मा ओली ,३ नम्वर क्षेत्रवाट प्रमोद यादव र लिला नाथ श्रेष्ठ र ४ नम्वरवाट धर्मनाथ प्रसाद साहको नाम सिफारिस भएको सिरहा एमाले अध्यक्ष प्रमोद यादवले बताउनु भएको छ ।
यसैगरि सिरहा १ को क वाट प्रदेश सभाको लागि राजेन्द्र चौधरी र ख वाट अशोक यादव सर्वसम्मतवाट सिफारिस भएको हो । सिरहा २ को क प्रदेश सभाको लागि वेचन यादव , शैलेन्द्र यादव अनिल कुमार यादव , शिवनाथ यादव , लक्ष्मण साह अरुण कुमार यादव अजय यादव ख वाट मदनसेन प्रसाद श्रीवास्तव , सत्य नारायण यादव , शोभा वराल सिरहा ३ क वाट योगेन्द्र सिंह सर्वसम्मत ख वाट सिफारिस हुन सकेको छैन । सिरहा ४ का क वाट कल्याणी ढुङगना , भोला पोखरेल , राम वावु साह , सुर्यनाथ यादव , देव प्रकाश महतो र जिवछ साह ४ को ख वाट चन्द्र भुषण साह , भरत मरिक यादव तुलसी प्रसाद यादव र राम चन्द्र कापर रहेका छन ।
संघिय समाजवादी फोरम नेपाल सिरहा १ वाट प्रत्यक्ष तर्फ सत्य नारायण यादव , राज लाल यादव र सरिता गिरी , २ वाट शत्रुधन सिंह र विजय यादव , ३ वाट अशेश्वर यादव , खालिदी सिद्दिकी र पप्पु यादव सिरहा ४ वाट डा. विरेन्द्र सिंह र शितल यादवको नाम सिफारिस भएको जिल्ला कमिटि सदस्य प्रयाग लाल यादवले जानकारी गराउनु भएको छ । उहाँको अनुसार १ नम्वर क्षेत्रको क प्रदेश सभावाट जितेन्द्र प्रकाश महतो , श्याम साह , ख वाट प्रयाग लाल यादव , दिपेश यादव र राज कुमार गुप्ता २ को क वाट निर्मला यादव , विनोद यादव ख वाट अजय यादव र कैलाश प्रसाद साह , ३ को क वाट कुलेश्वर यादव र ख वाट मनोरञ्जन गोईत र ४ को क वाट विष्णु साह र विरेश्वर यादव ख वाट अमर कुमार यादव र दिलिप कुमार यादवको सिफारिस भएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्