हत्याको आरोपी युवतीद्धारा हिरासतमै आत्महत्या
Advertise Here Book Now

सिरहा, १२ कार्तिक । अनैतिक सम्बन्ध खुल्ने डरले भाईको हत्या गरेकी दिदीले प्रहरी हिरासतमै आत्महत्या गरेकी छिन् । सिरहाको कर्जन्हा नगरपालिका २ की १६ वर्षिया प्रियंका यादवले प्रहरी हिरासतमा आइतबार बेलुकी झुण्डिएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर आज सार्वजनिक गरेको केहि घण्टापछि  आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सिरहाका डिएसपी राजन भेटबालले बताए ।

काकाको छोरा तथा भाइ भवेशकुमार यादवको हत्याको आरोपमा प्रियंका र निजका नजिकका साथी सञ्जयकुमार साह पक्राउ परेका थिए । पक्राउ परेका मध्ये प्रियंकालाई ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट ठाउँ अभावका कारण प्रहरी चौकी बिष्णुपुर लगिएको थियो । प्रियंकाले हिरासतकै शौचालयको भन्टिलेरको रडमा सलले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्