सिरहामा यौनकाण्ड लुकाउन दिदीले गरिन् भाइको हत्या
Advertise Here Book Now

सिरहा, कात्तिक १२ –
सिरहाको कर्जन्हा–२ की १६ वर्षिया प्रियंका यादवले यौनकाण्ड लुकाउन भाइको हत्या गरेकी छिन् । यादवले साथीसँग मिलेर आफ्नै ठूलोबुवाको छोराको हत्या गरेकी हुन् । १४ वर्षिय सञ्जय साहसँगको यौन सम्बन्ध खुल्ने डरले प्रियंकाले साहसँग मिलेर ठूलोबुवा कुसुमलाल यादवको १३ वर्षिय छोरा भवेश यादवको कात्तिक ३ गते हत्या गरेको प्रहरीले जनाएको छ । हत्या घटनामा संलग्न उनीहरु दुवैलाई प्रहरीेले पक्राउ गरेर छानबिन सुरु गरेको छ । भैसी चराउन गएको वेलामा प्रियंका र सञ्जयलाई आपत्ति जनक अवस्थामा देखेका भवेशले काका र आफन्तलाई सुनाइदिने भनेपछि उनीहरु दुबै मिलेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको आइतबार पत्रकार सम्मलेन गरी इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ ।
गत कात्तिक ३ गतेदेखि घरबाट हराएका भवेशको शव घर ननिकैको सिशमको जंगलमा वनमारा घारीमा कुहिएको अवस्थामा ५ गते बेलुका फेला परेको थियो । प्रियंकाले नै साथीहरुसँग भैसी चराउन गएको बेला शव देखेको र शव नजिकै भाइ भवेशको हातमा लाउने बाला र चप्पल देखेपछि भवेशकै शव भएको भन्दै घरमा खबर गरेका थिए । प्रियंका र सञ्जयले आफूहरुको यौन काण्ड सार्वजपनक नगर्न अनुरोध गर्दा उनले अभिभावकलाई सुनाउने भनेपछि आफूहरुले हत्या गर्ने योजना बनाएको कुरा प्रहरीलाई बताएको प्रहरीले जनाएको छ । योजना अनुरुप नै भवेशसँग समेत अतिमिल्ने र ४ कक्षामा एउटै विद्यालयमा पढ्ने साथी सञ्जयले हामीले पटाका र एउटा मोबाइल भेटेका छौं तिमीलाई पनि दिन्छौं, भन्दै घर नजिकैको वनमा लगेर हत्या गरेको सञ्जयले प्रहरीलाई बयान दिएका छन् । प्रियंका र सञ्जयले पटाका खाल्डो खनेर लुकाएका छौं, यही छ भनि भवेशलाई खन्न लगाएर उनको गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ ।
लाश नचिनियोस् भनेर आफूहरुले जिउ र टाउको छुट्याएर फालेको उनीहरुले सुनाएको प्रहरीले जानकारी दिएको छ । कसरी भयो अनुसन्धान ? घरबाट सञ्जय र भवेशसँगै निस्किएको र सञ्जयले भवेशलाई आफूले नचिनेको युवकसँग कुराकानी गर्न थालेपछि मलाई घर जाउ म आउँछु भनेर घर पठाएको भनेपछि प्रहरीले उसैको बयानको आधारमा स्केच फोटो बनाएको थियो । सञ्जयको बयानका आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट आएका प्रहरीले उनीसँगै मिल्ने स्केच फोटो बनाएका थिए । उनीसँगै मिल्ने फोटो बनेपछि प्रहरीले अनुसन्धानलाई उनीहरुबितर मोडेको थियो । अनुसन्धानकै क्रममा सञ्जय पछि घर आउँदा पानीले भिजेको कपडा लगाएर आएको सूचना पाएपछि प्रहरीले केरकार गर्दा घटनाको रहस्य खुलेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी गजुसिद्धी बज्राचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘अनुसन्धानको क्रममा सञ्जयलाई हामीले दिनभरी ल्याएर प्रहरीसँगै राख्ने र वेलुका घर पु¥याउने गरिरहेका थियौं, पछि प्रहरीको छानबिनको घेरमा उनी आफैं परे ।’ उनीहरु दुवैलाई थप अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहा, २ नम्वर प्रदेशबाट आएका विशेष प्रहरीको अनुसन्धान टोली र इलाका प्रहरी कार्यालय मिर्चैयाको संयुक्त टोलीले हत्यामा संलग्न रहेकाले दुवैलाई पक्राउ गरी अनुसन्धान गरेको जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्