जनकपुरको राराब क्याम्पसमा तालाबन्दी,पठन–पाठनमा ध्यान नदिएको आरोप
Advertise Here Book Now

जनकपुरधाम/२७ कात्तिक,  । क्याम्पस प्रशासनले पठन–पाठनमा ध्यान नदिएको आरोप लगाउँदै स्थानीय रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका विद्यार्थीले क्याम्पसमा तालाबन्दी गरेका छन ।

क्याम्पस प्रमुख र कर्मचारीबीचको विवादको कारण क्याम्पसको पठनपाठन केही समयदेखि प्रभावित हुँदै आइरहेको छ ।


पठनपाठनमा क्याम्पस प्रशासनले ध्यान नदिएपछि सोमबार बिहान बीबीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसको मूल ढोकामा ताला लगाएका हुन् ।
विद्यार्थी आशिष मिश्राले आफूले पटक पटक क्याम्पस प्रमुखलाई वार्ताको लागि गरेको आग्रहमा अटेरी गरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्