'बरु आयोग गेटमै मर्छौ तर, विज्ञापन खारेज नभएसम्म आन्दोलन रोक्दैनौं'
Advertise Here Book Now

भक्तपुर, मंसिर १। शिक्षक विज्ञापन खारेजीको माग राख्दै आन्दोलनरत विद्यार्थीहरुले आयोगको विज्ञापन खारेज नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । बरु आफुहरु मर्न तयार रहेको तर, विज्ञापन खारेज नभएसम्म आन्दोलन स्थगित नगर्ने उनीहरुले चेतावनी दिएका हुन् । आन्दोलनमा एक्यवद्धता जनाउन अनसनस्थल पुगेका विद्यार्थी संगठनका नेताहरुका अगाडी अनसन बसेका विदार्थीहरुले शिक्षा ऐनको नवौं संशोधन र शिक्षक विज्ञापन फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने जिकिर गरेका हुन् ।बिहिवार आन्दोलनमा एक्यवद्धता जनाउन नेविसंघ, अनेरास्ववियू तथा अनेरास्ववियू (क्रान्तिकारी)का नेताहरु अनसन स्थल पुगेका थिए । उनीहरुले संयुक्त बैठक बसेर बुधवार विद्याथृिहरुको आन्दोलनमा एक्यवद्धता जनाउने निर्णय गरेका थिए ।विहिबार दिउँसो २ बजे विद्यार्थीसंगठनका नेताहरुसँगै हजारौंैंको संख्यामा आयोग पुगेका विद्यार्थीहरु अस्थायी शिक्षकका लागि खुलेको विज्ञापन तथा नवौं ऐन संशोधन खारेजीको माग गर्दै नाराबाजी लगाउँदै आयोग पुगेर प्रदर्शन गरेका थिए ।हजारौं विद्यार्थीहरुको र्याली सहित अनेरास्ववियुकी अध्यक्ष नविना लामा, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ तथा नेविसंघका केन्द्रीय सदस्य प्रेम शाही आयोग पुगेका थिए ।उनीहरुले विद्यार्थी संगठनहरुको आन्दोलनमा एक्यवद्धता जारी गर्दै उनीहरुको माग तत्काल पुरा गर्न सरकार सँग माग समेत गरेका थिए ।आन्दोलनरत विद्यार्थी संघर्ष समितिका संयोजक पुस्कर शर्माले आफूहरु कुनै पनि हालतमा पछि नहट्ने र अनसन जारी राख्ने बताए । रिले अनसनबाट माग पुरा नभए तीनजना अस्थायी शिक्षककोे बदलामा तीस जना विद्याथीृहरु आयोगकै गेटमा आमरण अनसन बस्ने उनले चेतावनी समेत दिए । शर्माले, शिक्षा ऐनमा भएको नवौं संशोधनले लाइसेन्स लिएर बसेका लाखौं विद्यार्थी माथि अन्याय परेको भन्दै आयोगले विज्ञापन खारेज नगर्दासम्म आन्दोलन जारी राख्ने चेतावनी दिए ।

शिक्षा ऐनको नवौं संशोधन खारेज हुनुपर्ने, शिक्षक सेवा आयोगको आन्तरिक विज्ञापन खारेज हुनुपर्ने, प्रत्येक वर्ष शिक्षक सेवा आयोगले खुला प्रतिष्पर्धाबाट विज्ञापन खोल्नुपर्ने, प्रत्येक वर्ष अध्यापन अनुमति पत्रको परीक्षा हुनुपर्ने लगायतका विभिन्न ७ सुुत्रीय माग राख्दै विद्यार्थीहरु गएको आइतबार देखि अनसनमा छन् ।

विद्यार्थी संघर्ष समितिले परीक्षाका लागि तयार गरिएको पाठ्यक्रम र ग्रिड पनि अस्थायी र खुला शिक्षकका लागि एउटै हुनुपर्ने माग गरेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्