दिगो विकासका लक्ष्यहरु प्राप्तीको लागि उच्च स्तरिय कार्यशाला गोष्ठि
Advertise Here Book Now

 काठमाडौं १४ मंसिर स्वास्थ्य, पोषण र वातावरण संग सम्बन्धीत दिगो विकासका लक्ष्यहरुको प्रभावकारी र समयसापेक्षीक कार्यान्वयन मार्फत अपेक्षित उपलब्धीहरु हाँसिल गर्ने बिषयमा एक दिने उच्च स्तरिय कार्यशाला गोष्ठिको आयोजना गरिएको थियो । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद, एसियन कलेज फर एडभान्स स्टडिज र साउथ ईस्ट एसिया डेभलवमेन्ट एक्सन नेटवर्क द्वारा संयुक्त रुपमा उक्त उच्च स्तरिय कार्यशाला गोष्ठिको अयोजना गरिएको थियो । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका सचिव डा. बुद्धि रत्न खड्गी को सभापतित्व र वेलायतको साउथहेम्पटन विश्वविध्यालयकी प्राध्यापक डा. सिल्भिया जवो, नेपाल कृषि अनुसन्धान परिषदका डा. विन्देश्वर शाह तथा एसियन कलेज फर एडभान्स स्टडिजका क्याम्पस प्रमुख श्री श्रीजित श्रेष्ठ को आतिथ्य र ४० जना विज्ञहरुको उपस्थितिमा औपचारिक रुपमा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको सभाकक्षमा कार्यक्रम संचालन गरिएको थियो । यस कार्यशालाको सहजिकरण एसियन कलेज फर एडभान्स स्टडिजका अनुसन्धान विभाग प्रमुख तथा प्राध्यापक श्री देवेन्द« राज सिंह र साउथईस्ट एसिया डेभलवमेन्ट एक्सन नेटवर्कका प्रतिनिधि श्री दान बहादुर खड्का ले संयुक्त रुपमा गरेका थिए । सहश्राव्दी विकास लक्ष्यहरुमा गरिएको उपलब्धी र पूरा गर्न नसकिएकेका लक्ष्यहरु तथा दिगो विकासका लक्ष्यहरु प्रभावकारी र समयमै हाँसिल गर्न सामना गर्नु पर्ने प्रमुख चुनौतीहरु र समाधानका उपायहरु बारे गहन छलफल गरि नयाँ कार्यदिशा प्रदान गर्न यस उच्च स्तरिय प्राग्गिक गोष्ठिको आयोजना गरिएको थियो । अन्तराष्ट्रिय तथा राष्ट्रिय विज्ञहरु सम्मीलित यस गोष्ठिमा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका डा. बिमला देवकोटा, नेपाल कृषि अनुसन्धानका डा. युग नाथ घिमिरे, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान विभाग प्रमुख डा. मेघनाथ धिमाल, केन्दि«य तथ्याङ्क विभागको वातावरण विभागका निर्देशक सुसिल शर्मा, साउथहेम्पटन विश्वविध्यालयकी प्राध्यापक डा. सिल्भिया जवो, ईसिमोड नेपालका प्रतिनिधि डा. अविद हुुसेन ले विभिन्न विषयमा प्रस्तुतिकरण गरेका थिए । यसै क्रममा प्राध्यापक सिल्भिया जवोले नेपालमा विभिन्न कठिन परिस्थितिहरका बावजुत थुपै उपलब्धिहरु हाँसिल गरिएपनि विकसित मुलुकको दाँजोमा विकासका धेरै सुचकहरु कमजोर परिस्थितिमा रहेकाले आगामि दिनहरुमा विकासको गति तिव्र पार्नुको विकल्प नरहेको बताउनु भयो । स्वास्थ्य, पोषण र वातावरणको क्षेत्रमा गरिने प्रगतिहरुले समग्र दिगो विकासका लक्ष्यहरु हाँसिलगर्न सहज हुने धारणा व्यक्त गरियो । तथ्यमा आधारित नितिहरु र समावेशी विकासकालागि वैज्ञानिक अध्ययन अनुसन्धानमा जोड दिनुपर्ने, स्थानिय निकायहरुको क्षमता अभिबृद्धि गरिनुपर्नेमा विज्ञहरुले जोड दिएका थिए । मानव स्वास्थ्य, पोषण र खाध्य सुरक्षमा वातावरणमा आएको परिवर्तनले प्रत्यक्ष असर पारेको सन्दर्भमा अनुकुलन क्षमता भएका खाध्य वालिकोे अनुसन्धान तथा प्रवर्धन भईरहेको वताइयो । अन्य राष्ट्रहरुको अनुभव र तथ्यहरुको आधारमा वातावरणमा भएको परिवर्तनका सकारात्मक पक्षहरुलाई समुदाय स्तरमा रुपान्तरण गरि खाध्य सुरक्षा मार्फत गरिवी न्यूनिकरणमा टेवा पुग्ने आवधारण प्रस्तुत गरिएको थियो । आधाभन्दा वढि जनसंख्या खाध्य सुरक्षको जोखिममा रहेको र खाध्य सुरक्षा भएका परिवारमा पनि पोषण सुरक्षको अवस्था अत्यन्तै नाजुक रहेको तथ्य प्रस्तुत गरिएको थियो । सहश्राब्दी विकास लक्ष्यहरुमध्ये स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति भएपनि सबै नागरिकको गुणस्तरिय स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्नु प्रमुख चुनौती रहेको विज्ञहरुको धारणा थियो । नसर्ने रोगहरुको उच्च जोखिम रहेतापनि स्वास्थ्य मन्त्रालयले यस प्रति पर्याप्त नीति तथा कार्यक्रहरु ल्याउन नसकेकोमा विज्ञहले चिन्ता व्यक्त गरेका थिए । अझै पनि उच्च मातृ तथा शिशु मृत्यु दर कायमै रहनु गम्भिर चिन्ता को विषय रहको र स्वास्थ्य क्षेत्रका आधारभूत तथ्याङ्कहरु भरपर्दो बनाउन नसकिएको अर्को जटिल चुनौतीको रुपमा रहिरहेको विज्ञहरुको भनाई थियो । दिगो विकासका लक्ष्यहरु प्राप्त गर्न थुपै्र चुनौतिहरु रहे पनि पर्याप्त अवसरहरु पनि संगसंगै रहेकाले निरासाजनक परिस्थिति नरहेको जानकारी प्रस्तुत गरियो । नेपालमा थुप्रै नीतिहरु विधमान रहेकाले थप नीतिहरु निर्माण गर्नु भन्दापनि कार्यान्वयन पक्षमा बिशेष जोड दिई समग्र देशको विकासमा सर्वपक्षिय सहयोग र सहकार्य वान्छनिय रहेको निष्कर्ष सहित गोष्ठिको समापन गरिएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्