मिर्चैया प्रहरीद्धारा अवैध गाजा खेति फडानी
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, २५ कार्तिक । विभिन्न स्थानमा लगाईएको अवैध गाँजा खेती फडानी गर्ने कार्यलाई सिरहा प्रहरीले निरन्तरता दिएको छ । ईलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाको संयुक्त गस्ति टोलीले मिर्चैया नगरपालिका बडा नं. ९ रमपुरामा लगाइएको करीब १० कठ्ठाको अबैध गाजा खेती आज (शनिबार) नष्ट गरेको हो । 
अबैध रुपमा लुकाईछिपाई बडाको बिभिन्न स्थानमा लगाईएको करीब १० कठ्ठाको २५ सय अबैध गाँजाका बोट फडानी गरी नष्ट गरिएको ईलाका प्रहरी कार्यालय मिर्चेयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्य बताए । 

गाँजा फडानीका लागी अभियान नै सञ्चालन गरिएकोले विभिन्न ठाउँमा लगाईएका गाँजा खेती नसकिएसम्म फडानी कार्य जारी रहने डिएसपी बज्राचार्यले बताए । 
गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारवाही हुने उनले वताए ।


Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्