जनता कँगाल,मधेसी नेता मालामाल
Advertise Here Book Now

राजेन्द्र महतोको घर 

राजेन्द्र महतो र निजको श्रीमति को नाममा जनकपुर , काठमाण्डौ , सर्लाही लगायतनेपालको बिभिन्न जिल्लामा अरबौ को घर जग्गा र करोडौं को सुन चांदी...

२०७४ कार्तिक २७ गते काठमाडौं । मधेसका गरीव एवं उत्पीडित जनतालाई पहाडे समुदाय र काठमाडौंविरुद्ध भड्काउँदै हिँडेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले काठमाडौंमा कति जग्गाजमीन जोडेका होलान् ? तथ्य थाहा पाउने हो भने मधेसमा आन्दोलनरत उनकै दलका कार्यकर्ता छक्क पर्न सक्छन् ।

विमानस्थलमा लोडरको जागिर खाइरहेका भए महतोले काठमाडौंमा घर र करोडौंको जमीन किन्न शायदै सम्भव थियो । तर, राज्यले हेपेको तर्क गर्दै पटक-पटक मन्त्री बनेका महतोका लागि मधेसको राजनीति आर्थिकरुपमा फलीफापपूर्ण देखिएको छ । महतोले काठमाडौंका विभिन्न ठाउँमा ३ रोपनीभन्दा बढी जमीन किनेको तथ्य भेटिएको छ ।

सार्वजनिक भाषणहरुमा काठमाडौंले मधेसलाई शोषण गरेको बताउने महतोले मधेसी जनताको सपनालाई रामै्रसित भने दोहन गरेका छन् । पहिलो मधेस आन्दोलनमा सहिद र घाइते बनेका जनतालाई बेवास्ता गर्दै आफ्नै श्रीमती शैल कुमारी देवीलाई उनले सांसद बनाएको विषय पुरानो भइसकेको छ । राज्यले मधेसी जनतालाई हेरेन भन्ने महतो आफूले चाँहि राज्यका निकायमा अवसर पाउनासाथ कार्यकर्ताको साटो आफ्नै पत्नी र परिवारलाई रोज्ने गरेको कसैसँग छिपेको छैन ।


सदभावना अध्यक्ष महतो र उनको परिवारले काठमाडौंमा कति जग्गाजमीन जोडिसकेका छन् भन्ने तथ्य सदभावना पार्टीकै कार्यकर्तालाई थाहा छैन ।

काठमाडौंमा कति छ जग्गा ?

काठमाडौंको भीमसेनगोलामा राजेन्द्र महतोको घर रहेको सबैले थाहा पाइसकेकै विषय हो । तर, त्यसबाहेक उपत्याकाका कुनाकाप्चीमा समेत महतोले आफू र पत्नीका नाममा करोडौं मूल्य पर्ने जग्गा जोडेका छन्, जसको स्रोत स्पष्ट छैन ।


काठमाडौंको मच्छेगाउँ-२ मा महतोपत्नी एवं सांसद शैल कुमारी देवीका नाममा १ रोपनी ६ आना २ पैसा जग्गा छ । त्यसैगरी काठमाडौंकै वार्डभञ्ज्याङ-३ मा महतोले २ रोपनी ९ आना जग्गा किनेका छन् । यो जग्गा पत्नीको नाममा नभएर महतोले आफ्नै नाममा राखेका छन् ।

काठमाडौं महानगरपालिका वटा नम्बर ९, प्रयागमार्गमा रहेको ५ आना जग्गाचाँहि महतोपत्नी तथा सांसद शैल कुमारी महतोकै नाममा छ ।

महतो परिवारले घर बहालबाट समेत नियमित आम्दानी गर्दै आएको छ ।


मधेसमा कति छ जमिन ?

मधेसका जनताको हितका लागि लागेको बताउने तर सत्तामा गएपछि कमाएको पैसाले उपत्यकामा जमिन जोड्ने महतो परिवारको मधेसमा पनि जग्गा जमीन छ ।

नागरिकता अनुसार महतोको स्थायी ठेगाना सर्लाहीको बबरगञ्ज गाविस वडा नम्बर ८ मा पर्छ । पूर्वमन्त्री समेत रहेका महतोले स्थायी लेखा नम्बर पनि लिएका छन् । उनको स्थायी लेखा नम्बर १००३६२१०९ हो ।

सर्लाही बबरगञ्जका महतोको विष्णुपुर- ६ मा एक कठ्ठा १८ धुर जग्गा छ । यो घडेरी सांसद शैल कुमारीका नाममा छ ।

बबरगञ्ज- ८ मा महतोको ४ बिघा १२ धुर जमीन छ । यो जमिन राजेन्द्र महतोकै नाममा छ ।

सर्लाहीकै नेला गाविसमा महतोका नाममा १४ कठ्ठा जमिन छ ।

धनुषाको बेगासीपु-६ मा महतोपत्नी शैलकुमारीका नाममा १ विघा १३ कठ्ठा १८ धुर जग्गा छ ।


सुन ९५ तोला, चाँदी ३ किलो

महतोले मन्त्री एवं पार्टी अध्यक्ष हुँदा कमाएको सम्पत्ति जग्गा जमीनमा मात्रै होइन, सुन चाँदीमासमेत लगानी गरेका छन् । महतोसँग ९५ तोला सुन र ३ किलो चाँदी रहेको तथ्य अनलाइनखबरले फेला पारेको छ ।

तीनवटा बैंकमा खाता

काठमाडौं, नयाँ बानेश्वरस्थित एभरेष्ट बैंकमा राजेन्द्र महताको खाता छ, जसमा घरभाडा उठेको रकम जम्मा गर्ने गरिएको छ । विगतमा सभासद र मन्त्री हुँदा उनको पारिश्रमिक यही बैंकमा जम्मा हुन्थ्यो ।

महतोको अर्को बैंक खाता सर्लाही मलंगवाको नेपाल बैंक लिमिटेडमा छ । त्यहाँ पनि उनले नगद जम्मा पारेका छन् ।

त्यसैगरी कृषि विकास बैंक गौशालामा महतोपत्नी शैल कुमारी देवीको खाता छ । सांसद बनेपछि एभरेष्ट बैंकमा पनि उनले खाता खोलेकी छिन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्