मधेशको मुद्दा लिएर मात्र सिरहामा प्रदिप गिरि विजय ।
Advertise Here Book Now

लहान, २६ मंसिर । सिरहामा २०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा ६ निर्वाचन क्षेत्रमध्ये ५ निर्वाचन क्षेत्रमा विजय भएका कांग्रेस यस पटक एक सिटमा सिमित भएका छन् । हुनत कांग्रेस देशभरीमै पतासाफ भएको छ । सिरहामा विउको लागि नेपाली कांग्रेसका प्रदीप गिरी झिनो मतले विजय भएका छन् । प्रदेशसभामा एक जना पनि कांग्रेसी उम्मेदवार विजय भएका छैन ।
गिरीले २३ हजार ९ सय ५१ मत प्राप्त गरी निर्वाचित भएका हुन् । गिरीका निकटतम् प्रतिद्धन्द्वी बाम गठबन्धनबाट नेकपा एमालेका केन्द्रिय सदस्य गंगाप्रसाद यादव २१ हजार ३ सय ७१ मत ल्याएर पराजित भएका छन् भने फोरमका राजलाल यादव १३ हजार ३ सय ५१ मतका साथ तेस्रो भएका छन् ।
प्रदेशसभामा सिरहा क्षेत्र नं. १ ‘क’ मा एमालेका लगनलाल चौधरीले ११ हजार ५ सय ४२ मत प्राप्त गरेर विजय भएका छन् भने उनका प्रतिद्धन्द्धी सन्तोष चौधरीले १० हजार ६ सय ९९ मत प्राप्त गरेका थिए । यस्तै क्षेत्र १ ‘ख’ मा एमालेका अशोक यादवले ११ हजार १ सय १० मत प्राप्त गरेर विजय भएका छन् भने संघीय समाजवादी फोरम नेपालका राजकुमार गुप्ता राजुले १० हजार ६ सय १० मत प्राप्त गरेर पराजय भोग्नु परेको छ ।
उता, सिरहा क्षेत्र नम्बर २ मा कांग्रेस तेस्रो स्थानमा रहेको छ भने माओवादी केन्द्रका सुरेशचन्द्र दासले २० हजार १ सय ४८ मत ल्याएर विजय भएका छन् भने संघीय समाजवादी फोरम नेपालका शत्रुधनप्रसाद कोइरीले १७ हजार २ सय ६० मत प्राप्त गरेका छन् । जसमा ‘ख’ बाट संघीय समाजवादी फोरमका विजय यादव विजय भएका छन् । र, ‘क’ बाट माओवादीकै मदनसेन श्रीवास्तव विजय भएका छन् । उता, बाम गठबन्धनका (नेकपा एमाले) का सिरहा क्षेत्र नंं ३ प्रतिनिधी सभा सदस्यमा नेकपा एमालेका केन्द्रिय सदस्य लिलानाथ श्रेष्ठ विजयी भएका छन् । नेकपा एमालेका केन्द्रिय सदस्य लिलानाथ श्रेष्ठले २३२७० मत ल्याई विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका अशेश्वर यादवले २१२१८ मतमात्र ल्याएका छन् ।
त्यस्तै सिरहा क्षेत्र नं. ३ को प्रदेश सभा ‘क’ बाम गठबन्धन (माओवादी केन्द्र) का राम कुमार यादवले ११८६६ मत ल्याइ विजयी भएका छन् भने उनका निकटतम प्रतिद्घन्दी संघीय समाजवादी फोरम नेपालका मनोज सिंहले १०९३३ मत ल्याएका थिए ।
त्यस्तै सिरहा क्षेत्र नं. ३ को प्रदेश सभा ‘ख’ मा बाम गठबन्धन (नेकपा एमाले) का सिरहा जिल्ला अध्यक्ष प्रमोद कुमार यादव विजय भएका छन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका सुभाष चन्द्र यादव रहेका छन् ।
सिरहा ४ प्रतिनिधि सभाको चुनावमा राजपाका अध्यक्ष मण्डलको सदस्य राजकिशोर यादव २११४४ मत ल्याइ विजयी हुनुभएको छ । उनका प्रतिद्वन्दी माओवादी केन्द्रका अजय शंकर नायकले मात्र १७५७५ मत ल्याएका छन् । सिरहा क्षेत्र नं. ४ ‘ख’ मा राजपाका सहमहासचिव सुरेश कुमार मण्डल विजयी भएका छन् ।
त्यस्तै सिरहा क्षेत्र नं. ४ को प्रदेश सभा ‘ख’ मा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सुरेश कुमार मण्डलले १०४८० मत ल्याई विजयी भएका छन् भने उनका निकटतम प्रतिद्घन्दी नेपाली कांग्रेसका पूर्व सांसद गणेश कुमार मण्डलले ७४९९ मत ल्याएका छन् । सिरहा क्षेत्र नं. ४ को ‘क’ माओवादी केन्द्रका दिलिप साह विजय भएका छन् ।
सिरहामा कसिलो पडक बनाएका कांग्रेसले प्रदेशसभामा एक जना पनि उम्मेदवार विजय गराउंन नसकेको अवस्था रहेको छ । जहां सिरहामा विगत लामो समयदेखि कांग्रेसले किल्ला गाडेर बसेका थिए तर यस निर्वाचनमा विउको लागि मात्र प्रदीप गिरी विजय भएका छन् ।
गिरी पनि मधेशको मुद्दा उठाएर विजय भएका छन् । कांग्रेससंग आन्दोलन गर्ने शक्ति नरहेको र मुद्दा विहीन भएर राजनीति गरिरहेको आरोप लागेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्