सारश्वर सरसफाई अभियान पाचौं हप्तामा प्रवेश
Advertise Here Book Now



सिरहा,माघ १४ । सामुदायिक विकास केन्द्रको अगुवाईमा चल्दै आएको सिरहा नगरपालिका–१२ सारश्वरको साप्ताहिक सरसफाई अभियान चौथो हप्ता पुरा गरी पाँचौ हप्तामा प्रवेश गरेको छ ।

गएको दिन सारश्वरको सार्वजनिक स्थान र सडकमा फालिएको फोहोर सफा गर्दै पाँचौ हप्तामा प्रवेश गरेको हो ।
स्थानीय अगुवा व्यक्तिहरुको सहभागीतामा हुँदै आएको साप्ताहिक सारश्वर सरसफाई अभियानमा निर्धक रुपमा त्यहाँको महिला, युवा तथा अन्य विकासका सरोकारवालाहरु सहभागी भए ।

साप्ताहिक रुपमा गर्ने सरसफाईको प्रतिफल यहाँको सार्वजनिक स्थानहरुमा फालिएको जथाभावि फोहोर सफा भएर सारश्वरको सौन्र्यकरणमा बल पु¥याएको स्थानहरुले बताएका छन् ।

सरसफाई अभियानलाई प्रभावकारी र स्थानीयहरुको सक्रियता बढाउन जिल्ला स्तरीय सरसफाई अभियानमा सरिक हुँदै अनुभव प्राप्त गरेका व्यक्तिलाई निमन्त्रणा गर्दै अभियानलाई प्रभावकारी बनाउने तिर लागेको स्थानीय मनोज यादवले बताए । उनले पछिल्लो हप्तामा सरसफाई अभियन्ता धिरेन्द्र साहको सहभागीता रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्