आज भ्यालेन्टाइन डे २ लाख २० हजार स्टिक गुलाब नेपाल भित्रीयो
Advertise Here Book Now

 काठमाडौं फाल्गुन २ गते । । भ्यालेन्टाइन डेका लागि व्यवसायीले २ लाख २० हजार स्टिक गुलाब भित्र्याएका
छन् । नेपाल पुष्प व्यवसायी संघका अध्यक्ष कुमार कसजुका अनुसार बुधबार मनाइन लागेको भ्यालेन्टाइनका लागि उक्त परिमाणको गुलाब भित्र्याइएको हो ।
Advertisment
आन्तरिक उत्पादन कमजोर रहेका कारण गुलावका लागि नेपाल मूलतः भारतीय बजारमै निर्भर छ ।
संघका अनुसार यसपटक भारतबाट एक लाख ७० हजार स्टिक गुलाब भारतबाट भित्रिएको छ । व्यवसायीले भारतका दिल्ली, बैङ्लौर, कोलकत्ता, पुना लगायतका क्षेत्रबाट गुलाब ल्याउने गर्छन् ।
भ्यालेन्टाइनका लागि नेपालको आन्तरिक बजारबाट करिब ५० हजार स्टिक गुलाब मात्रै आपूर्ति भएको संघको भनाइ छ । चितवन, काभ्रे, नुवाकोट, धादिङ र काठमाडौं, ललितपुर, भक्तपुर लगायतका जिल्लाबाट पनि केही परिमाणमा गुलाबको आपूर्ति हुन्छ ।
भ्यालेन्टाइनमा करिब २ करोड रुपैयाँ मूल्य बराबरको गुलावको कारोबार हुने संघको दाबी छ ।
१४ तारिकलाई भ्यालेन्टाइन डे मानिए पनि त्यसको एक साताअघि देखि नै मनाउने क्रम सुरु हुन्छ । व्यवसायीका अनुसार ८ तारिकदेखि नै गुलाबको कारोबार सुरु हुन्छ ।
भ्यालेन्टाइनका लागि खासगरी डच र टाटा गुलावको माग उच्च हुन्छ । हरेक वर्ष करिब १५ प्रतिशतका दरले माग बढेको संघको दाबी छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्