रौतहटमा प्रहरीको छापा गोदामबाट भन्सार छिलीको समान पक्राउ।
Advertise Here Book Now



अमित ठाकुर।रौतहट।फागुन २।रौतहटको गौरमा रहे

को एक गोदाममा प्रहरी छापामारी भन्सार छलीका हजारौंको समानहरु पक्राउ गरेका छन। जिल्ला प्रहरी कार्यालय रौतहट गौरबाट बिशेष सुराकीको अधारमा गएको गस्ती टोलीले ठूलो परिमाणमा गौरको जनक बोर्डिङ बिधालय नजिक रहेको भुजा मिलको गोदामबाट भन्सार छलिका समानहरु पक्राउ गरेका छन।
विषेश सुराकीको आधारमा गएको गस्ती टोलीले गौर नगरपालिका वार्ड नं. ३ मचकुटिया टोल भन्दा पुर्व रहेको भुजा मिलबाट ९ बोरा चिनी ५० केजी को ,१० काटुन सेम्पु र १० टिन खाने तेल बरामद गरेको प्रहरी उपरीक्षक यज्ञ बिनोद पोखरेलले जनाएको छ। त्यसता तस्करीका सामान संगै अोहर दोहर गर्ने मान्छेहरुलाई खोज तलास भई रहेको प्रहरी उपरीक्षक पोखरेलले जनाएको छ ।
 केही महिना देखि रौतहटको विभिन्न नाकाबाट तस्करी भईरहेको समाचार अाएता पनि तस्करहरुले अझ तस्करी रोकेको छैन।प्रहरी प्रमुखले भने जसरी भए हाम्रो टिमले तस्करी रोक्दै छन ।तर तस्करी न रुकी झन बढेको देखिएका छन।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्