मेयरको एतिहासिक निर्णय, प्रधानाध्यापकलाई निलम्बन
Advertise Here Book Now

धनुषा, १ फागुन । धनुषामा माध्यमिक तहका एक विद्यालयका प्रधानाध्यापकलाई निलम्बन गरिएको छ । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ७ मा पर्ने एस. एन. आर. ज. मावि धबौलीका प्रधानाध्यापक श्रीप्रसाद गोहिवारलाई निलम्बन गरिएको छ । शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले नगरपालिका *कार्यालयबाट पत्र काटदै गोहिबारलाई निलम्बन गरिएको जनाइएको छ । निलम्बित प्रअलाई विद्यालयको साविक तथा हालको आयव्यय पेश गर्न वडा कार्यालयले समेत पत्राचार गरेपनि सोको जवाफ नदिएको भन्दै निलम्बन गरिएको जनाइएको छ । जवाफ पेश नगरेपछि विद्यालयको १२ जना शिक्षक प्रअ गोहिबारको मातहतमा नरहि कामकाज गर्ने गरी लिखित निवेदन दिएको आधारमा प्रअ गोहिबारलाई निलम्बन गरिएको मेयर बरबरियाले भने । गोहिबारलाई निलम्बन गरिएको भनी नगरपालिकाको शिक्षा शाखाका प्रमुख धनेश्वर यादवले दिएको प्रतिवेदनमा गत माघ २१ गतेदेखि नै निलम्बन गरिएको बोधार्थ जनाइएको छ । विद्यालयमा हरिवंश झा र शोभा नन्द चौधरी बाहेकका शिक्षकहरु अस्थायी रहेकोमा बैठक समय चौधरी अनुपस्थित रहेको तथा झाले समेत आफू प्रअको जिम्मेवारी नलिने ईच्छा जाहेर गरेको हो । नियम अनुसार जेष्ठताको आधारमा समेत विद्यालयको प्रअको जिम्मेवारी दिनुपर्ने भएकोले सोही विद्यालयमा कार्यरत मावि शिक्षक देवेन्द्र यादवलाई निमित्त प्र.अ.को जिम्मेवारी दिइएको नगरपालिकाको पत्राचारमा उल्लेख छ । मेयर बरबरियाले स्थानीय सरकार सँचालन ऐन २०७४ अनुसार समुदायिक विद्यालयको व्यवस्थापन तथा निलम्बन गर्ने कार्य स्थानीय निकायलाई दिएको हुँदा सोही अनुसार गोहिवारलाई निलम्बन गरी विद्यालय सँचालको जिम्मेवारी तत्काल निमित्त प्रअको रुपमा देवेन्द्र यादवलाई दिइएको उल्लेख गरिएको छ । ईतिहासमै धनुषामा पहिलो पटक नगरपालिकाले निजामति कर्मचारीलाई निलम्बन गरेको हो ।साभार :न्यून ब्यूरो

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्