दश हजार घुस लिने प्रहरी जवान जनकपुरबाट अख्तियारको फन्दामा
Advertise Here Book Now


जनकपुरधाम, माघ २१ गते ।
रक्सी विक्रि वितरण गर्ने लाईसेन्स बनाई दिने भन्दै १० हजार रुपैयाँ घुस लिँदै गरेका एक जना प्रहरी जवानलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले १० हजार रुपैयाँ घुस सहित धनुषाको लक्ष्मीनिया अस्थायी प्रहरी चोकीका घुमुवा प्रहरी जवान मनोज कुमार प्रशैलालाई पक्राउ गरेको हो ।
आईतवार साँझ ४ बजे जनकपुरको भ्रमरपुरा चोकमा एक जनाबाट १० हजार घुस लिँदै गर्दा प्रहरी जवान प्रशैलालाई पक्राउ गरेको आयोगले जनाएको छ । सुन्सरी जिल्लाको श्रीपुर घर भएका प्रहरी जवान प्रशैला लक्ष्मीनिया प्रहरी चोकीमा कार्यरत्त छन् । उनले मदिरा विक्रिवितरण गर्न प्रमाणपत्र बनाई दिने र विक्रि वितरण सहज बनाई दिने भन्दै एक जनाबाट घुस लिदै गरेका थिए । आयोगले प्रहरी जवान प्रशैलालाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्