सरोकारवालाको लापरवाहीले गर्दा ज्यालादारी कर्मचारीहरु द्वारा आम्रन अनशन शुरु
Advertise Here Book Now


अमित ठाकुर।रौतहट।फागुन १०। रौतहट जिल्लाको गौरमा रहेको नेपाल बिधुत प्राधिकरण बितरण केन्द्रमा सो कार्यालयको १९ जना ज्यालादारी कर्मचारीहरुले अाज देखि आम्रन अनशनमा बसेका छन। २०७२ साल अन्तिम महिना देखी ज्यालादारी कर्मचारीहरु खट्दै अाएको र अहिले अाई सरोकारवालाले सो कर्मचारीहरु हटाउनको सुचना भनेपछी सो कर्मचारीहरुले आम्रन अनशनमा बसेका छन। सो कर्मचारीहरुले अहिले सम्म ३ महिनाको तलव मात्र दिएको पिडित ज्यालादारी कर्मचारीहरुले जनाएको छ।सरोकारवालाले यो नियम मात्र रौतहट जिल्लामा मात्र लगाएको पिडित कर्मचारीले बताएका छन। सरोकारवालाले यस्तो सुचना निकाले पछि ती ज्यालादारी कर्मचारीहरुले सम्बन्धित निकायको माध्यमबाट सरोकारवाला पत्र पढाएता पनि अहिले सम्म कुनै पहल हुन सकेनन। कुनै पहल न भएको कारणले नै ज्यालादारी कर्मचारीहरुले आम्रन अनशनमा बसेका छन। उनिहरुले भने हाम्रो माग जहिले सम्म पूरा हुदै तब सम्म हामीहरु आम्रन अनशनमा बस्ने छौ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्