रौतहटमा मेयर कप क्रिकेट टुर्नामेन्ट अाज देखि सुरु
Advertise Here Book Now

अमित ठाकुर।रौतहट।फागुन १२। रौतहट जिल्लाको गौरमा रहेको एतिहासिक राईसमिल ग्राउण्डमा युवा बिकास केन्द्र रौतहटको अायोजनामा मेयर कप क्रिकेट प्रतियोगिता अाज देखि सुरु भएको छ। यस क्रिकेट प्रतियोगिताको प्रमुख अतिथि नगर प्रमुख अजय गुप्ता,बिशिस्ट अतिथि उपमेयर किरण ठाकुर,गौर नगरपालिकाका प्रबक्ता शेख जमशैद,खानेपानीका प्रमुख अनिल केशरी,शस्त्र प्रहरी प्रमुख प्रेम राज पोखरेल,नेपालको राष्ट्रिय क्रिकेट खेलाडी जितेन्द्र मुखिया,अनुसन्धानका प्रहरी प्रमुख तथा ९ अौं वडाका वडा अध्यक्ष ज्युहरुको उपस्थिति रहेको थियो। रौतहटको गौरमा लगभग २ साल देखि थप रहेको क्रिकेट टुर्नामेन्ट यसपालि गौर नगरपालिकाको सहयोगमा मेयर कप क्रिकेट टुर्नामेन्ट उद्घाटन म्याच  अाज सुरु भएको छ।यश क्रिकेट टुर्नामेन्टमा २०/२० क्रिकेटको सम्पूर्ण नियम लाग्ने अायोजक समितिका अध्यक्ष प्रबिण कुमारले जनाएको छ भने यो क्रिकेट प्रतियोगितामा सम्पूर्ण मैच टेनिस बलले खेल्ने भएको छ। त्यसतै यो क्रिकेट प्रतियोगितामा गौर नगरपालिका वडा नंबर १ देखि  वडा नंबर ९ सम्मको टिम र एउटा मेयर टिम सहित १० अोटा टिम रहेका छन। उद्घाटन सत्र क्रिकेटमा मेयर गुप्ताले भने गौर नगरपालिका भरी शिक्षा,स्वास्थ्य र युवाहरूको लागि विभिन्न खेलकुदमा मेरो अहम् भुमिका रहने छ।अाजको उद्घाटन म्याचमा मेयर टिम र गौर नगरपालिका वडा नंबर १ का टिमको भिडन्त  छ भने टच जितेर मेयर टिमले पहिले फिल्डिङ रोजेका छन।बिपक्षी गौर नगरपालिका वडा नंबर १ का टिमले १६ अोभरमा १० बिकेट गुमाई ५३ रन बनाएका थिए। मेयर टिमले ५४ रनलाई लखेट्दै १० अोभरमा ३ बिकेट गुमाई पहिलो उद्घाटन मैच जितेका छन भने बिभाष सिंहले ४ बिकेट लिई मैन अफ द मैच भएको छ। अाज देखि सुरु।


Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्