पत्रकार शर्मा भारतमा सम्मानित
Advertise Here Book Now



सिरहा,५ फागुन । बिहारको सुपौलमा अन्तराष्टिय पत्रकार सम्मान समारोह एवम परिचर्चा कार्यत्रममा अपन दैनिक राष्ट्रिय दैनिक समाचारपत्र सिरहा संवाददाता गणेश कुमार ठाकुर(शर्मा) सम्मानित भएका छन। सुपौलमा अन्तराष्टिय पत्रकार क्लबले गरेको अन्तराष्ट्रिय पत्रकार सम्मान समारोह एवं परिचर्चा कार्यक्रममा अपन दैनिक राष्ट्रिय दैनिक समाचारपत्र शर्मा  सहित सुनसरी, मोरङ, झापा, सिरहा, धनुषा र बारामा कार्यरत  कृयाशिल पत्रकार सम्मानित भएका हुन।
सम्मानित हुनेमा (झापा) नितेष चौधरी, अनिल बर्मा, (मोरङ) श्याम सुंदर सुतिहार , पदम सरदार, उषा सरदार,बीरेंद्र साह ,संतोष बसतोल, हीरा साह ,गंगा प्रसाद यादव , प्रीति झा९ भारत नेपाल सामाजिक सांस्कृतिक मंच०,(सुनसरी) चन्दन रौनियार, (सिरहा) गणेश कुमार ठाकुर(शर्मा),(धनुषा) कुलदीप दास, कुलदीप साह,  पारसमणी ठाकुर , जितेन्द्र अक्षत निभा झा ,(बारा) सबिर आलम,अनिल बर्मा सहित सम्मान गरेको छ ।

भारतका  राजेस शर्मा अध्यक्ष भारत नेपाल सामाजिक सांस्कृतिक मंच सह पभकार राष्ट्रिय सहारा,सशंक सुमान,चन्दन कुमार,अरुण झा,प्रमोद कुमार यादव, सलेश कुमार, निरंजन सिंह, निर्मल कुमार, अनिल उम्र, अरविंद कुमार झा, मो मेराज आलम, मिथलेश रायलगायत दुई देशका पत्रकारलाई कदरपत्र सहितको सम्मान गरेको छ ।

भा.प्र.से.का जिल्ला पदाधिकारी र सुपौलका बैद्यनाथ यादबले उदघाटन गरेको कार्यक्रमको प्रमुख अतिथिमा बिहार जिल्लाका सेवा निवृत, जिल्ला एवं सत्र न्यायधिश अमरनाथ सहाय थिए। कार्यक्रममा बिभिन्न लेख रचना, समाचार, सन्देश सम्प्रेषण गरि आम सञ्चारमार्फत नेपाल भारत मैत्री सुदृढीकरणका मुद्दामा शशक्त कलम चलाउन प्रोत्साहन स्वरुप उनिहरुलाई सम्मान गरिएको सहायले बताएका छन। उत्त कार्यक्रममा नेपाल र भारतका पत्रकारहरुको ६९ जनको उपस्थिति रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्