जनकपुरमा मातृभाषाको बिबादका कारण राजपा र फोरमको पुत्ला दहन
Advertise Here Book Now


प्रदेश नम्बर दुईमा मातृभाषाको बिबाद चर्किएको छ ।
मङगलवार जनकपुरको जानकी चोकमा स्थानिययुवाहरुले मातृभाषा मैथिली, भोजपुरी र अन्य मातृभाषालाई बेवास्ता गर्दै सम्पर्ग भासाको रुपमा रहेको हिन्दि भासामा प्रदेश सभामा बोले पछि आक्रोशित युवाहरुले राजपा नेपाल र फोरम नेपालको पुत्ला बनाई दहन गरेको हो ।
सो पुत्ला दहनको क्रममा स्थानिय प्रहरीसङ्ग केही बेर झडपको अवस्था समेत उत्पन्न भएतापनी स्थानीय युवाले राजपा र फोरमको पुत्ला दहन गरेको हो ।
परिवर्तनका लागि युवा अभियानका प्रतिनिधि बिट्टु पजियार सुरिको अध्यक्षता रौशन यादवको अगुवाईमा नाराबाजी सहित पुत्ला दहन गरेको छ ।
मातृभाषालाई प्रयोग र बैदेशिक भासालाई सम्मान गर भन्दै स्थानिय युवाको माग रहेको अभियन्ता सुशील कर्णको भनाई छ ।
 यस पुत्ला दहनको क्रममा प्रहरी र स्थानिय युएआ बिच पुत्लालाई लिएर तानातान भएपनी युवाहरुले दहन गरेरै छडे ।
यसक्रममा युवाहरु मोहन रौनियार, किसन मण्डल, सुमित मिश्र, सुरेन्द्र मण्डल, रबि ठाकुर, सन्जय गुप्ता, मनिस कोइराला, पप्पु यादव, कन्हैया मण्डल, राजु दास, मजिवुल राईन, अविनाश साह, आरएन सिंह लगायतका दर्जनौ युवाको उपस्थितिमा पुत्ला दहन भएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्