महिला अधिकार सुनिश्चितताको लागि सरकार प्रतिवद्ध :मुख्यमन्त्री राउत
Advertise Here Book Now

जनकपुरधाम, फागुन २६ । मुख्यमन्त्री लालबाबु राउतले महिलाको अधिकार सुनिश्चितताको लागी आफनो सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।
प्रदेश सरकारको मन्त्री परिषद विस्तारमा महिलाको उपस्थिति सन्तोष जनक नभएको भन्दै बुझाएको ध्यानकर्षण पत्र ग्रहण गर्दै मूख्यमन्त्री राउतले सो प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।
मन्त्री परिषदको विस्तारमा एक जना महिला समावेश भएको र मन्त्री परिषदको विस्तार अझै बाँकी रहेकाले सो क्रममा महिलाहरुको सुनिश्तितालाई विशेष ध्यान दिइने उहाँको कथन थियो । उँहाले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आफुले जारी गर्नु भएको प्रतिबद्धता कार्यान्वयन प्रति कुनै शंका नगर्न आग्रह गर्दै संविधानले महिलालाई प्रदत गरेको अधिकार सुनिश्चित हुनेमा आशावादी हुन आग्रह गर्नु भएको थियो ।
महिला संजाल धनुषाका अध्यक्ष मन्जु यादवको नेतृत्वमा मुख्य मन्त्री कार्यालय पुगेको टोलीले मन्त्री परिषदको विस्तारमा महिलालाई उचित स्थान नदिई संविधानको उपेक्षा गरिएको भन्दै ज्ञापन पत्र बुझाएका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्