बीस हजार घुससहित लेखापाल चौधरी अख्तियारको फन्दामा
Advertise Here Book Now

सिरहाको कल्याणपुर नगरपालिकाका लेखापाल जयराम चौधरी २० हजार घुससहित पक्राउ परेका छन । अख्तियार दुरुप्योग अनुसनधान आयोगको टोलीले आज डेराबाटै २० हजार घुससहित लेखापाल चौधरीलाई पक्राउ गरेको हो ।
अख्तियार टोलीका अनुसार नायव सुब्बा पदमा कार्यरत लेखापाल चौधरीले कार्यालयको सामान मर्मतलगायतका बिल भुक्तानी गरिदिए बापत सोही नगरपालिकाका वडा सचिव सरुवा भइ रमाना बुझिसकेका संग २० हजार घुस लिएका थिए ।सो घुस लिइरहेको अवस्थामा उनलाई सिरहा नपा ७ स्थित डेराबाट आज ४ बजे चौधरीलाई नियन्त्रणमा लिइउको हो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्