हुलाकी मार्ग निर्माण द्रुत गतिमा अगाडि बढने ः प्रचण्ड
Advertise Here Book Now

जिवछ यादव / फिरोज शेख लहान २०७४ चैत्र ६ -
नेकपा माओवादी केन्द्रका अध्यक्ष , पूर्व प्रधानमन्त्री तथा बाम गठबन्धनको नेता पुष्प कमल दाहाल (प्रचण्ड)ले पूर्व पश्चिम जोडने हुलाकी मार्गको निर्माण कार्य द्रुत गतिमा अगाडि बढने बताउनु भएको छ । सिरहाको बरियारपटीमा हुलाकी मार्ग शिल्यान्यास कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुँदै यस्तो बताउनु भएको हो । ईतिहासकै शक्तिशाली दुई तिहाईको सरकारले मधेशको समृद्धि र देशकै विकासमा वल पुरयाउने हुलाकी मार्ग निर्माण पाँच वर्ष भित्रमै पुरा गर्नुको साथै संविधान संशोधन गरेर मधेशको समस्या समाधान गर्न वर्तमान बाम सरकार प्रतिवद्ध रहेको विश्वास दिलाउनुभयो ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले पूर्णता पाएको दिनदिन पछि प्रधानमन्त्रीको सन्देश लिएर पहिलो कार्यक्रममा आएको प्रचण्डले भन्नुभयो , “हुलाकी मार्ग निर्माण , कोशी कमला सिंचाई डाईभर्सन , संविधान संशोधन गरेर मधेशी जनताको अधिकार र पहिचानको ग्यारण्टी गर्दै समाजिक न्याय , सुशासनको स्थापना,  भ्रष्टाचारको अन्तय कर्मचारीहरुलाई दण्ड र सजायको नीति अबलम्ब गरि देशको कायापलट गर्नको लागि एमाले माओवादी बाम गठबन्धनको सरकार ईतिहासकै शक्तिशाली सरकार बनाउन सफल भएकोले अब कुरा कम काम बढी हुने संस्कृतिबाट समृद्ध र विकसित देश प्रदेश बनाउन बर्तमान सरकार कटिवद्ध रहेको छ ।”

भारत र चीन दुबै देशसंग सन्तुलित सम्वन्धको आधारमा रेल संचालन , धार्मिक पर्यटकीय स्थलको विकास गर्नको लागि प्रदेश नम्वर २ को मधेशवादी दलहरुको सरकारलाई केन्द्रिय सरकारबाट भरपूर सहयोग हुनुको साथै बाम सरकारलाई समर्थन गरेका संघिय समाजवादी फोरम र राजपालाई सरकारमा सहभागी गराउन उपेन्द्र यादव र महन्थ ठाकुरसंग कुरा भईरहेको   स्पष्ट गर्दै प्रचण्डले भन्नुभयो ,“ मधेशको विकास नभए देशको विकास संभव नरहेकोले वर्षैदेखि समृद्धिको आधार रहेको हुलाकी मार्ग निर्माण , विद्युतीय रेल संचालन , धार्मिक पर्यटकीय र कृषिको विकास तिव्र रुपमा गर्नको लागि एक पटक फेरि संकल्पित हुन प्रदेश नम्वर २ का मुख्यमन्त्री मो. लालबाबु राउत , पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ  सांसदहरु र प्रदेश सभा सदस्यहरुसंग मधेशको मुटु रहेको सिरहामा आएको जिकिर गर्नुभयो ।”

कार्यक्रमामा प्रदेश नम्वर २ का मुख्यमन्त्री मो लालबाबु राउतले भन्नुभयो ,“ मधेशको लाईफलाईन रहेको हुलाकी मार्ग विस वर्षदेखि बन्दैछ ,अलिेसम्म काम अगाडि वढन सकेको छैन । केन्द्र सरकारले सहयोग गर्न कन्जुस्याई गर्नु हुँदैन । हुलाकी मार्ग निर्माण भयो भन्ने मधेशको उत्पिडनमा परेको समूदायको आर्थिक विकास हुनेछ । शिक्षा स्वास्थ्य र मानवीय सूचांकमा पछाडि परेको सिरहा र समग्र प्रदेशकै विकासमा केन्द्र र प्रदेश सरकारले मिलेर काम गर्नुपर्ने बेला भएको छ । राजनीति अधिकारको चरण समाप्त भएर विकास र समृद्धिको चरण सुरुवात प्रदेश सरकार उच्च ईच्छा शक्तिको साथ अगाडि वढनेछ ।”

भौतिक योजना पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले थप्नुभयो, “आफू सिंचाई मन्त्री भएकै समयमा कोशी कमला डाईभर्सनको परियोजना अगाडि बढाई सकेको थियो । अहिले ईतिहासकै शक्तिशाली सरकार निर्माण भएको छ । पूर्व पश्चिम ६ लैनको लोकमार्ग निर्माण रेलवे संचालन र सिंचाई खेत खेतमा पुरयाएर समृद्ध मुलुब बनाई छाडने संकल्पको साथ हिमाल पहाड मधेश र समग्रमा सवै प्रदेशको विकासको लागि वर्तमान सरकार काम गर्नेछ । ”

कार्यक्रममा पूर्व शहरी विकास मन्त्री प्रभु साह , पूर्व शान्ति मन्त्री विश्वनाथ साह , सिरहा ३ का सांसद लिलानाथ श्रेष्ठ , सिरहा २ का सांसद सुरेशचन्द्र दास लगायतकाहरुले हुलाकी मार्ग निर्माण , मधेशको समस्या समाधान उद्योगधन्दा संचालन र रोजगारीको सृजना गर्न सरकारले चुनावको मुखमा जनतासंग गरेको प्रतिवद्धता पुरा गर्नुपर्ने धारणा राख्नु भएको सरगम सहकर्मी जिवछ उदासीले जानकारी दिएका छन्। कार्यक्रमको प्रत्यक्ष प्रशारण रेडियो सरगम ९३ मेगाहर्ज बाट गरिएको थियो।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्