विस्फोटको विरोधमा लहान बन्द, जनजीवन प्रभावित
Advertise Here Book Now


 १० चैत, लहान। ८ जना घाइते हुनेगरी शुक्रबार भएको बम विस्फोटको विरोधमा आह्वान गरिएको लहान बन्दले जनजीवन प्रभावित भएको छ । शुक्रबार लहान–७ स्थित विकास ट्रेडर्समा गराइएको बम विस्फोट घटनाका दोषीमाथि कारवाही गर्न माग गर्दै उद्योग वाणिज्य संघ, लहानले बन्द आह्वान गरेको हो । बन्दका कारण बिहानैदेखि सवारी साधन नचल्दा यहाँको जनजीवन प्रभावित भएको छ । अत्यावश्यकीय दमकल, खानेपानीका ट्यांकरलगायत सवारी साधन चले पनि सार्वजनिक तथा निजी सवारी न्यून चलेका छैन । लहानमा पछिल्ला दिनमा व्यापारी लक्षित विस्फोटका घटना बढेका छन् । गत मंसिर २८ यता मात्रै व्यापारी निशाना गरेर ३ वटा विस्फोटका घटना भएका छन् । असुरक्षा बढिरहेका बेला व्यापारीहरुले सुरक्षाको माग गर्दै लहान बन्द गराएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्